युग आव्हान
सुर्खेत १३ साउन
नवगठित नेकपा—माओवादी संगठन विस्तार अभियान जुटेको छ । जिल्ला कमिटीलाई औपचारीकता दिए लगत्तै निर्वाचन क्षेत्र, ईलाका कमिटी हुँदै गाउँ कमिटी गठन अभियान नेकपा—माओवादी सक्रिय रहेको हो ।
पार्टी विभाजन हुनुभन्दा पहिलेनै अनौपचारीक रुपमा गाउँ तहमा जिम्मेवारी तोकिएको भएपनि औपचारीक विभाजनसंगै भेला मार्फत गाउँ कमिटी, इलाका कमिटी र क्षेत्रीय कमिटीको पूर्णता दिईएको हो । भेला, प्रशिक्षण, छलफल मार्फत संगठन निर्माण गरिएको नेकपा—माओवादी सुर्खेतका सह—सेक्रेटरी प्रशान्त आर.सीले जानकारी दिए । नेकपा—माओवादी संगठन विस्तारको अन्तिम तयारीमा रहेको छ । पहिले विचार समूहको हिसावमा विभाजन भैसकेको भएपनि पहिले अपूर्ण रहेका कमिटीहरुलाई पूर्णता दिईएको जनाईएको छ । जिल्लाका तीन वटा निर्वाचन क्षेत्र, १६ वटा इलाका, ५० गाउँ विकास समिति, नगरपालिका र भ्यालीमा विषेश कमाण्ड गठन गरिएको छ । भौगोतिक, राजनीतिक तथा साँस्कृतिक महत्वका आधारमा भ्यालीका वीरेन्द्रनगर, जर्वुटा, उत्तरगंगा, लाटीकोइलीको संयुक्त रुपमा भ्याली विशेष कमाण्ड गठन गरिएको जनाईएको छ ।
संगठन विस्तार अभियानमा जिल्ला कमिटी इन्चार्ज मंगल विश्वकर्मा, सह—इन्चार्ज बालाराम सुनार, सेक्रेटरी ठमर विष्ट, सह—सेक्रेटरी प्रशान्त आर.सी. र खड्ग वि.क. सहित नेतृत्वको छुट्टा छुट्टै टोली संगठन विस्तार अभियानमा जुटेका छन् भने सम्बन्धित निर्वाचन क्षेत्रका इन्चार्ज सहितका पदाधिकारीलाई गाउँ कमिटी विस्तार, प्रशिक्षण, भेलाका लागि साउन ५ गतेदेखि खटाईएको सह—सेक्रेटरी आर.सी.ले जानकारी दिए । नेकपा—माओवादीको जिल्ला कमिटी ९५ सदस्यीय रहेको छ । त्यसलाई बृद्धि गरी एक सय ५० सदस्यीय जिल्ला कमिटी बनाउन तयारी भैरहेको जनाईएको छ ।
साउन ५ गते सम्म १६ वटा इलाकाको प्रशिक्षण भेला सम्पन्न भएको छ भने तल्लो तह सम्म गाउँ कमिटीलाई समेत पूर्णता दिईएको छ । क्षेत्र नं. १ को इन्चार्जमा गणेश वि.क, कल्पित, सह—इन्चार्जमा खडगबहादुर खड्का, क्षेत्र नं. २ को इन्चार्जमा प्रशान्त आर.सी., सह—इन्चार्जमा विराजमान र समर्पित चयन भएका छन् । त्यसैगरी क्षेत्र नं. ३ को इन्चार्जमा खड्क वि.क., सह—इन्चार्जमा विर्ख सिजापती चयन भएका छन् ।
भ्याली विशेष कमाण्ड भ्याली भित्रका गाविस र नगरपालिकालाई समेटेर गठन गरिएको भ्याली कमाण्डको इन्चार्जमा कमल नेपाली, सह—इन्चार्जमा माधव ढकाल र टेकराज आचार्य चयन भएका छन् । नगर कमिटी इन्चार्जमा बलबहादुर कठायत, सह—इन्चार्जमा पूर्ण पौडेल र प्रेम वि.सी., सेक्रेटरीमा खड्ग थापा, सह—सेक्रेटरीमा शिद्धबहादुर खड्का चयन भएका छन् ।
त्यसैगरी जनवर्गिय संगठनहरुमा शिक्षकहरुको संयोजक रगुविर वि.क., महिला संघ संयोजकमा कविता थापा, बुद्धिजिवि संयोजकमा चित्र के.सी., दलित संयोजकमा गंगाराम वि.क., किसान संगठनको संयोजकमा खगेन्द्र थानी, मगर संयोजकमा पदम घर्ती, शहिद परिवारको संयोजकमा शान्ति ढकाल, व्यापारीको संगठन संयोजकमा शिवराज अधिकारी, कर्मचारीहरुको संयोजकमा नारायण न्यौपाने, जनस्वयंमसेवक व्यूरोको संयोजकमा पदम बुढा, घाईते अपाङग संयोजकमा डम्मर वि.क., अवकास पिएलए जनक, मुस्लिम मोर्चाको संयोजकमा फजिर बक्स, विद्यार्थीको संयोजकमा भिष्म शाही, पत्रकारको संयोजकमा खडानन्द लामिछानेलाई तोकिएको जनाईएको छ । सुर्खेतमा भेरी—कर्णाली राज्यसमितिका विभिन्न जनवर्गिय संगठन हरुको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम आईतबार वीरेन्द्रनगरमा सम्पन्न हुने जनाईएको छ । जिल्ला तथा राज्यसमिति स्तरमा नेकपा—माओवादीको दिनहुँ जसो भेला, प्रशिक्षण, कमिटी गठन जस्ता कार्यक्रमहरु संचालन भैरहेका छन् ।
साउन २० गते सम्म जिल्लास्तरका सबै जनवर्गिय संगठनहरुको भेला सकि त्यसपछि गाउँ स्तरको छलफल तथा भेलामा जाने तयारी भैरहेको सह—सेक्रेटरी आर.सी.ले जानकारी दिए । भदौं महिना भरी गाउँ स्तरीय जनवर्गिय संगठन तल्लो तहमा विस्तार गरिने जनाईएको छ ।
माओवादीले सदस्यता विस्तारलाई समेत प्राथमिकताका साथ तिव्रता दिएको छ । नेकपा—माओवादीले पूर्ण सदस्यता, आवेदक सदस्यता र समर्थक सदस्यता सहित तीन प्रकारको सदस्यता वितरणका लागि व्यापक रुपमा अभियान संचालन गरेको जनाए ।
No comments:
Post a Comment