बाजुरा, २४ भदौ ।
बुवाको किरिया कर्म पूरा गर्न चामल लिन भनी जिल्ली गाउँका गोपाल चँदाराले श्रीमती सुर्जालाई सदरमुकाम मार्तडी पठाए । सुर्जाले खाद्यसंस्थान लगायत बजारमा सबैतिर चामल खोजिन तर कहीँ कतै पाउन नसकेर रित्तै हात फर्किन । गोपाल परिवारलाई भने गाउँघरको परम्पराअनुसार किरिया कर्म पूरा गर्दा बुवाको मलामी गएकालाई भतेर खुवाउनैपर्ने बाध्यता भएकाले चामल नभई नहुने थियो ।

‘चामल नपाएपछि किरियापुत्री बसेको भए पनि म आफंै चामल खोज्न सदरमुकाम पुगेँ’ गोपालले भने । बजारमा कतै चामल नपाएपछि गोपाल पनि खाद्य संस्थानमा पुगे । सुरुमा त्यहाँ पनि उनले चामल पाएनन । संस्थान कर्मचारीले जिल्ला प्रशासनको सिफारिस पत्र ल्याउन भन्यो । शनिबार बिदाको दिन परेकाले प्रशासनमा कोही कर्मचारी भेटिएनन् । बाटैमा भेटिएका प्रशासनका खरिदार समक्ष गोपालले आफ्नो समस्या राखे । खरिदार जयवीर कट्टेलले गाविसको सिफारिस भए सिफारिस गराइदिन सक्ने बताएर टारेपछि आफू निक्कै दुखी भएको चँदाराले सुनाए ।
किरियापुत्री आफैँ चामल माग्न आएपछि आफूहरुलाई निक्कै असजिलो भएको बताउँदै भने, ‘नदिउँ भने किरियापुत्री आफैँ आएको छ, दिउँ भने अरुले पनि चामल मागेर झमेला गर्लान भन्ने डरले उनलाई सुरुमा फर्काएको हो ।’
चामल पाउने आश गुमाएर बाबुको किरिया कर्म अधुरै रहने भन्दै निराश भएर घर फर्किने क्रममा कांग्रेसका सचिव धनराज पण्डितले आफूलाई चामलका लागि सघाएको चँदाराले बताए । पण्डितले खाद्य संस्थानमा पुगेर त्यहाँका कर्मचारी समक्ष विशेष सिफारिस गरेको बताए ।
त्यसपछि मात्रै आफूले ३० किलो चामल पाएको बताउँदै चँदाराले भने, ‘चामल पाएपछि शनिबार बुवाको किरिया कर्म पूरा गरेको छु ।’ चामल सकिएकाले गएको असार तेस्रो सातादेखि चामल बाँड्न नसकेको ओझाले बताए । बारम्बारको मागपछि केन्द्रले पाँच सय क्विन्टलका लागि स्वीकृति दिएर ढुवानी भइरहेको बताउँदै ओझाले भने, ‘थोरै परिमाण भएकाले पूरै ढुवानी भएपछि मात्र वितरण र्गने योजना भएकाले बीचैमा बाँड्न असजिलो भएको हो ।’
‘अभाव बढेकाले गोदाममा आएको चामलले एक साता पनि धान्दैन कि भन्ने चिन्ता छु’ ओझाले भने । सडक अवरुद्ध भएकाले असार मसान्तदेखि मार्तडीका व्यापारीले समेत खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी गर्न नसकेको रोकायाले बताए ।
No comments:
Post a Comment