सुर्खेत, २१ असार ।
लाटिकोइली गाविसमा अन्तर विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता बिहिबार सम्पन्न भएको छ । गाउँ शिक्षा समिति लाटिकोइलीले आलोपालो गरी गाविस भित्रका विभिन्न विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप गरी सामुदायिक विद्यालयको खस्किँदो स्थितीलाई सुधार्न मद्धत पु¥याउने उद्देश्यले कोपिला मावि प्रसेनीमा हाजिरीजवाफ प्रतियोगिता गरेको हो ।
गाउँ शिक्षा समितिको सहयोग र कोपिला मावि प्रसेनीको आयोजनामा प्राथमिक तह स्तरको प्रतियोगिता गरिएको हो । गाविसमा रहेका १४ वटा सामुदायिक विद्यालयहरु रहेकोमा प्रतियोगितामा मध्ये ११ विद्यालयबाट सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम सुर्याेदय प्रावि पातलगंगा, काँक्रेबिहार प्रावि चारकुने द्धितीय, नेरानिमावि वामेखोला तृतीय र जनसेवा उमावि घुस्राको समूहले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
स्थान ल्याउने समूहरुलाई प्रमाणपत्र तथा प्रथम हुनेलाई ८ सय बराबरको शैक्षिक सामग्री, द्धितीयलाई ६ सय, तृतीयलाई ४ र सान्त्वनालाई ३ सय बराबरको शैक्षिक सामग्री प्रदान गरिएको छ । समितिले विद्यालयको गुणस्तर बृद्धि, अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रमलाई कार्यान्वयन गर्न गाविस भित्रका प्रत्येक सामुदायिक प्राविहरुलाई १० हजार, निमाविलाई २० हजार, माविलाई ३० हजार र उच्च माविलाई ४० हजारका दरले १४ वटा सामुदायिक विद्यालयहरुलाई अनुदान समेत प्रदान गरेको सकेको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन प्रक्रिया अन्र्तगत विद्यालय बाहिर रहेका वालवालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउन, भर्ना भईसकेका बालबालिकाहरुलाई टिकाई राख्न र गुणस्तरीय शैक्षिक वातावरण कायम गर्नका लागि सो अनुदान गाउँ शिक्षा समितिले प्रदान गरेको हो ।
त्यस बाहेक भवन निर्माण शिक्षक तलव भत्ता आदि कार्यकालागि भने गाउँ शिक्षाले रकम दिन नसक्ने निर्णय गरिएको गाउँ शिक्षा समिति लाटिकोइलीका सदस्य—सचिव भक्तबहादुर शाहीले जानकारी दिए । विद्यालय निरिक्षक उत्तमप्रसाद आचार्य प्रमुख अतिथि रहेको प्रतियोगिता शिक्षक अभिभावक संघका अध्यक्ष भीमबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment