Monday, September 23, 2013

गौतम अखण्ड पार्टीमा प्रवेश


सुर्खेत, ४ असोज ।
नेपाली काँग्रेस वीरेन्द्रनगर पूर्व नगर सभापति शिवप्रसाद गौतम अखण्ड नेपाल पार्टीमा प्रवेश गरेका छन् । तीन दशकदेखि नेपाली काँग्रेस पार्टीको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिमा सक्रिय गौतम अखण्ड नेपालमा प्रवेश गरेका हुन । पार्टीका महासचिव प्रा.डा. नन्दबहादुर सिंहले पार्टी प्रवेश गराउँदै सदस्यता प्रदान गरेका थिए ।

शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी गौतमको पार्टी प्रवेश र दोस्रो संविधानसभा निर्वाचनमा सुर्खेतबाट उम्मेदवारको घोषणा गरिएको छ । सुर्खेत क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ डिलबहादुर डिसी, समानुपातिक तर्फ ममता नगाल, क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ शिवप्रसाद गौतम र समानुपातिक तर्फ गणेशबहादुर शाही (युद्धविक्रम), क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ चन्द्रबहादुर गौतम र समानुपातिक तर्फ प्रेमप्रकाश खड्कालाई सिफारिस गरेको जनाइएको छ ।

No comments:

Post a Comment