सुर्खेत ३ फागुन ।
आदीवासी जनजातिहरुको वीरेन्द्रनगर नगरपालिमा स्तरीय वडा अधिवेशन सुरु भएको छ । शनिबार सम्पन्न गरिएको वडा नं. ९ को अधिवेशनबाट कुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।
आदीवासी जनजातिहरुको वीरेन्द्रनगर नगरपालिमा स्तरीय वडा अधिवेशन सुरु भएको छ । शनिबार सम्पन्न गरिएको वडा नं. ९ को अधिवेशनबाट कुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।
जनजाति महासंघ जिल्ला समन्वय समिति सुर्खेत र नगर समन्वय समितिको सहकार्यमा आयोजना गरिएको वडा स्तरीय अधिवेशनले श्रेष्ठलाई वडा नं. ९ को अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशबाट उपाध्यक्षमा सिता चौधरी, सचिवमा सुनिता चौधरी र कोषाध्यक्षमा मञ्जु थापा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा कृष्णमायाँ गुरुङ, डिला घले लगायतका रहेका छन् ।
आदीवासी जनजाति जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष मोहन गुरुङ, नगर समन्वय परिषदका अध्यक्ष कर्णबहादुर रानाको प्रमुख आतिथ्यता तथा चन्द्रबहादुर रखालको सभापतित्वमा अधिवेशन सम्पन्न भएको थियो ।
यस अघि वडा नं. ३, ४ र १२ का वडाहरुमा अधिवेशन गरिसकिएको जनाइएको छ । राज्यको नीति अनुसार जनजातिहरुको लागि भनेर छुट्याईएको रकम राजनैतिकि पार्टीको पेवा बन्दै आएको र लक्षित वर्गसम्म बजेट पुग्न नसकेको गुनासो नगर समन्वय समितिका सचिव श्रीपाल सारुले गरेका छन् ।
हरेक वडाहरुमा बजेटको दुरुपयोग हुन नदिन र जनजातिका हक अधिकारको रक्षाका लागि संगठन बलियो बनाउन पनि अधिवेशन गरिएको सचिव सारुले बताए । हरेक वर्षमा गरिँदै आएको वडा स्तरीय अधिवेशन आगामी वर्षबाट दुई वर्षमा गरिने समेत जनाइएको छ ।
No comments:
Post a Comment