खेमराज वली
सुुर्खेत १४ साउन
कसलाई हुँदैन र पढ्न मन ? तर पढ्न मन भएर पनि पढ्न पाएका छैनन् गढी—४ गोठिकाँडा निवासी गोल्मा शेर्पालीका दुई जना विद्यालय जाने उमेरका छोरीहरु । शेर्पालीका छोरीहरु १७ बर्षिय गंगा, १५ बर्षिय लाली र एक छोरा आर्थिक समस्याका विद्यालय जान छोडिसकेका छन् । गंगा विकले पाँच कक्षामा पढ्दानै विद्यालय जान छोडिन् । उनकै बहिनी लाली कक्षा—२ मा पढ्दापढ्दै गत वर्षदेखिनै विद्यालय जान छोडेकी छन् ।
उनीहरुकी एउटी बहिनी सीता विक भने श्री सिद्ध माध्यमिक विद्यालय गढी—४ गोठिकाँडा, सुर्खेतमा दलित छात्रबृत्ति पाएर पढ्न पाएको विद्यालयकी शिक्षिका नेत्रा चालिसेले जानकारी दिईन् । आर्थिक समस्याका कारण उनीहरुले विद्यालय पोशाक नभएका कारण विद्यालय जान छोडेका हुन् ।
आफ्नो जमिन पनि नभएको र विहान वेलुका हातमुख जोड्न पनि समस्या भएकोले छोरीहरुलाई पनि विद्यालय नपठाई काममा लगाईएको गंगाकी आमा गौलमा शेर्पालीले भनिन् । उनले भनिन् ‘विहान वेलुकाको लागि खान पु¥याउनको लागि पनि सकिन्न कसरी पढाउने।’ पहिलेको श्रीमानको मृत्यु भएपछि २०६७ सालमा तीन छोरीका साथमा पुनः विबाह गरेर गढी आएकी शेर्पालीका दोस्रो श्रीमानको पनि मृत्यु भएपछि समस्या भएको उनी बताउँछिन् ।
जग्गा पनि जेठीको छोराको नाममा भएकोले विहान वेलुका खाना पु¥याउनका लागि निकै समस्या भएको उनले बताईन् । उनको पछिल्लो श्रीमानबाट पनि एक छोरा छन् । पहिले विद्यालय जान्थ्यौ तर घरमा एक गास खान समेत नपाउने भएपछि कसरी जाने स्कुल गंगाले भनिन् । उनले घरमा खाना जुटाउनको लागि पनि दिनभरी आफुहरु अर्काको जे काम पाइन्छ त्यही काम गरेर खानासम्म पु¥याउने गरेको बताईन् । गोल्माको घरमा आमा, छोरी र छोरा गरी पाँच जना रहेका छन् । यस्ता बालबालिकाका लागि हाल सम्ममा पनि कुनै संघ–संस्थाले सहयोग नगरेको शिक्षिका चालिसेले जानकारी दिईन् ।
सरकारले शिक्षामा लगानी गरिरहेकोको भए पनि यस्ता परिवारका बालबालिकालाई भने सरकारकारले सञ्चालन गरेका कुनै पनि कार्यक्रमले प्रभाव पारेका छैनन् । जिल्लामा भर्ना अभियान सञ्चालन गरिएको भए पनि यो वर्ष पनि यी बालबालिकाहरु विद्यालयमा भर्ना हुन सकेका छैनन् ।
यता जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्याय प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विभिन्न आमा समूह, बाल क्लवहरुको सहयोगमा भर्ना अभियान चलाएको बताएका छन् ।
बैशाख एक गतेदेखि १४ गतेसम्म भर्ना अभियान सञ्चालन गरिएको थियो । छुटेकालाई पनि बैशाख १५ देखि मसान्त सम्म अभियान चलाइएको थियौँ अधिकारी उपाध्यायले बताए । गरिवीका कारण भए पनि छात्रवृत्तिको व्यवस्था गरिएको समेृत उपाध्यायले जानकारी दिएका छन् । गढि गाविसलाई केही समयमै निःशुल्क तथा अनिवार्य शिक्षा प्रदायक बनाउने तयारी पनि भएको छ ।
No comments:
Post a Comment