पाँच करोडको अफिम सहित महिला पक्राऊ
युग आव्हान
सुर्खेत २१ साउन
सुर्खेतको छिन्चुबाट प्रहरीले अन्तर्राष्ट्रिय बजार अनुसार पाँच करोड तीस लाख बराबरको पाँच किलो तीन सय ग्राम लागुऔषध (अफिम) सहित दुई जना महिलालाई प्रक्राउ गरेको छ ।
प्रहरीले आइतबार विहान रामघाटबाट छिन्चुतर्फ आइरहेकोबेला चेकजाँच गर्नेक्रममा उक्त लागुऔषध सहित ती दुई महिलालाई पक्राउ गरेको बताएको छ । छिन्चुमा लागुऔषध ओसार पसार भईरहेको छ भन्ने विषेश सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो । बाँके कोहोलपूर–२ बस्ने ३५ बर्षीया दिलमाया थापा र सोही स्थानमा बस्ने २९ बर्षीया सुस्मिता पुनलाई लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यो अफिम ह्वाइट र ब्राउन सुगर छुट्याउन मात्रै बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रहरीले सुस्मिता र दिलमायाको शरिरमा खानतलास गर्दा सुस्मिता पुनको शरिरबाट दुई किलो ८ सय ग्राम र दिलमायाको शरिरबाट दुई किलो पाँच सय ग्राम लागुऔषध अफिम पक्राउ गरेकोे हो । उनीहरुले शरिरमा पटुकाले बाँधेर अफिम छिन्चुबाट कोहलपूतिर लान लागेको बेलामा प्रक्राउ गरिएको हो ।
सुराक पाएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादव र इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएका प्रहरी नायव निरिक्षक भिमबहादुर खत्री समेतको संयुक्त टोलीले संकाष्पद रुपमा सडकमा हिँडिरहेको अवस्थामा उनीहरुलाई चेकजाँच गरेको थियो ।
प्रहरी निरिक्षक (एसपि) गोविन्दराम परियारले यति धेरै मात्रमा लागुऔषध पक्राउ गरिएको यो सुर्खेतकै इतिहास भएको बताए । उनले सम्भवतः यो यस क्षेत्रकै सबैभन्दा बढि भएको बताए । कर्णाली अञ्चलका विभिन्न जिल्ला तथा भेरीका सुर्खेत लगायतका जिल्लामा अफिमको खेती गरिने भएकोले प्रहरीले तीन महिना देखि चेकजाँचमा विषेश कडाई गरेको परियारले बताए ।
यस्ता गृहहरुले सुनसान हुने ठाउँ, नदिका किनाराहरुबाट एउटा समूहले आधा बाटो सम्म र अर्काे समूहले त्यहाँबाट निश्चित स्थानमा पु¥याउने गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
उनीहरुले भने आफुहरुलाई पाँच÷पाँच हजार दिने भनेर लागुऔषधको ओसार पसार गर्न लगायको बताएका छन् । आफुहरु कोहलपुरमा लेबर गर्ने गरेको र त्यही क्रममा एक जना मान्छेले यस्तो काम गरिदिन भने पछि कोहलपुरबाट सुर्खेत आएको बाताएका छन् । उनीहरुको अन्य अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
लागुऔषध सम्बन्धि कारोबार गर्नेलाई एक सय ग्राम भन्दा बढि जतिसुकैे कारोबार गर्नेलाई पाँच लाख जरिवान सहित आजिवन जेल सजाय हुने कानुनि प्रावधान रहेको छ । प्रहरीको सक्रियतामा गत बर्षपनि लाखौं मूल्यको अबैध लागुऔषध बरामद गरिएको थियो ।

No comments:
Post a Comment