Tuesday, August 7, 2012

बरामद गरिएका अखाद्य बस्तुको नष्ट धेरै जसो म्याद नाघेका

बरामद गरिएका अखाद्य बस्तुको नष्ट 

धेरै जसो म्याद नाघेका 


खेमराज वली 
सुर्खेत, २३ साउन 
अनुगमन टोलीले निरिक्षण गर्दा जफत गरेका अखाद्य बस्तुहरु नस्ट गरिएको छ । विभिन्न तीन चरणमा निरिक्षण गर्दा जिल्लाका विभिन्न स्थानबाट जफत गरिएका करिब एक लाख मूल्य  बराबरका सामानहरुको जलाएर नष्ट गरिएको हो ।  प्रमुख जिल्ला अधिकारी पूरुषोत्तम कूँवरको रोहोबरमा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले आगो लगाएर सामानहरुको नष्ट गरिएको हो । 
निरिक्षणका क्रममा अनुगमन टोलीले साउन २२ गते सोमबार राम जानकी सहकारी नेवारेबाट म्याद नाघेका ९ किलो चियापत्ति, ग्लुकोज २१ किलोग्राम र किरा परेको ९० किलोग्राम चामल बरामद गरेको थियो । सोमबार नेै नम्रता पसल नेवारेबाट सोयाबोडि, जानकी खाद्य तथा किराना पसल नेवारेबाटै २१ प्याकेट म्याद नाघेका चकलेट, माछा ६ पाकेट, चाउचाउ एक पेटि नियन्त्रण गरेको थियो । त्यस्तै पंङ्गेनी किराना पसलबाट कालिङचोकबाट अरहर दाल ३६ किलो ढुसि लागेको, केराउ गेडा आधा किलो किरा परेको, सुस्मिता कोल्ड सेन्टर कालिङ्चोकबाट म्याद नाघेको तीन पाकेट, आचार्य पसल धमलाचौकबाट एक पोका चाउमिन, ८ पोक दालमोट, एक पोका म्यादन नाघेको खुर्सानी, राजु कोल्ड जनरल स्टोर्स धमलाचौकबाट म्याद नाघेका पाँच पाकेट माछा, तनि पोका बिस्कुट र १० किलोग्राम मोटरको दाल बरामद गरेको हो ।   
अनुगमन टोलीले असार १२ गते , साउन ८ गते र २२ गते निरिक्षणका क्रममा उक्त सामानहरु बरामद गरि जिल्ला प्रशासन कार्यालयमा राखेको थियो । अनुगमन टोलीले असार १२ गते केशव जनरल स्टोर हटियालाईनबाट ३२ बोत्तल म्याद नाघेका स्क्वास, दैलेखि स्टोर्स हटियालाईनबाट म्याद नाघेका बिस्कुट १२ दर्जन, दालमोट १ सय १७ पोका, आम रसिला ३० पोका, बेसार १० पोका, चकलेट १० र बेसन ४ पोका बरामद गरेको थियो । असार १२ मै टोलीले निरक जनरल स्टोर्स उत्तरगंगाबाट बिस्कुट खुला ४ बोरा, ४ बोरा, बनस्पति घ्यू १३ पोका नियन्त्रण गरेको थियो ।  
त्यस्तै साउन ८ गते दुर्गा खाद्य स्टोर्स गोदामलाईन, सन्तोष जनरलस्टोर्स हटियालाइन, शिवशक्ति जनरलस्टोर्स गोदामलाईनबाट म्याद नाघेका भुजा २६ पोका, एम.एस.जी २० पोका, आम मसा ३७ पोका, चकलेट १४, काजु २१ पोका, एम.एस.जी ९२ पोका, चकलेट पाँच, दालमोट एक पोका बरामद गरेको थियो । 
उक्त सामानहरुलाई नष्ट गर्दै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले पहिलोपटक निरिक्षण गर्दा सामानहरु बारमद गरी नष्ट गरिने र अर्काे पटक पनि त्यही पसलमा म्यान नाघेका वा अखाद्य बस्तु फेला पारेमा कार्बाही गरिने बताएका छन् । त्यस्तै खाद्य निरिक्षक भेषबहादुर थापाले सामानहरु बरामद गर्दा पनि ब्यापारीहरुलाई केहीहदसम्मको सजाए भएको बताए । कार्यक्रममा प्रहरी निरिक्षक ऋषि ढुङ्गाना, राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका अध्यक्ष आकाशतारा वयक तथा विभिन्न सञ्चार माध्यामका पत्रकारहरुको सहभागिता रहेको थियो । 


No comments:

Post a Comment