Monday, July 23, 2012

३५ आंै पुष्पलाल स्मृती दिवस

युग आव्हान
सुर्खेत ७ साउन
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३५ आंै  स्मृती दिवस मनाएको छ । कार्यक्रममा पुष्पलालको योगदानका विषयमा बोल्दै नेकपा एमाले राष्ट्रिय प्रतिनीधि परिषद सदस्य बालकृष्ण वि.सि.ले लोकतन्त्रवादी राजनैतिक शक्तिहरुबीचको सहकार्र्यबाट सामन्तवादको अन्त गर्न सकिन्छ भन्ने पुष्पलालको मान्यताबाट निर्देशित भएर नै देशमा गणतन्त्र आएको बताउँदै त्यसलाई जोगाउन खलवलिएको सहकार्यमा जोड दिन आवश्यक रहेको बताए । 
पार्टी भित्रको गुटबन्दि अन्त गर्न मरुन्जेल लड्नु भएका पुष्पलालका अनुयायीहरुले त्यो रोगबाट आजसम्म मुक्त नहुनु दुःख भएको बि.सि.ले बताए । 
कार्यक्रममा साथै राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य बालाराम शर्माले कम्यूनिष्ट घोषणापत्रको नेपाली अनुवाद एवंम नेपाली जनवादी क्रान्तिको उद्घोष गर्ने पुष्पलाल अनुशासन र शादा जीवनका खनुपम खानी भएको बताए । उनले  वर्तमान अवस्थामा भने त्यो आदेश हराउदै गएका बताए । शर्माले आज जातीयताको नारा लगाएर पार्टी छोड्ने स्थिती तयार छ तर पुष्पलालले आफु बर्गीय संघर्षमा लागेको भन्दै आफ्नो जात श्रेष्ठ लेख्न छोडेको बताए । 
सोही कार्यक्रममा एमालेका नेताहरु भूषण मानन्धर, ताराकेशर गौतम, कूलदिप भट्ट, वुद्धिजिवि डा. दीपक गौतम, अनेरास्ववियू केन्द्रिय सदस्य यामराज शर्मा, लगायतले पुष्पलालको योगदानको बारेमा चर्चा गरेको थिए । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिव गगनसिंह सुनारको अध्यक्षतामा सम्पन्न भएको हो । साथै यसै अवसरमा वडा कमिटी ११ को आयोजनामा हस्तवीर प्राविको प्राङ्गणमा बृक्षारोपण गरिएको छ । ५०÷६० विरुवा रोपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद पौडेलले जानकारी दिए ।

No comments:

Post a Comment