नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । १८ औ विश्व आदिवासी दिवसलाई मनाउनेक्रममा महासंघले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान नै जीवन दान हो भन्ने नारालाई अगाडी सार्दै मुल आयोजक समिती अन्र्तगत रक्तदान समितीका उपसंयोजक बासना गुरुङको संयोजकत्वमा करिब ४० जनाले रक्तदान गरेका छन ।
महिला १४ र पुरुष २६ जना गरी जम्मा ४० जनाले रक्तदान गरेको रेडक्रमका प्राविधिक प्रकाश श्रेष्ठले जानकारी दिए । रक्तदान कार्यक्रममा उपसमितीका संयोजक बासना गुरुङ, महासंघका अध्यक्ष मोहन गुरुङ, सचिव टोपबहादुर दर्लामी, सहसचिव अशोक राजी, तुलसा राना, प्रचार प्रसारका संयोजक विहानी राना, यादव गुरुङ, राजु चौधरी, तिला श्रेष्ठहरु रक्तदान गरेका हुन् ।
यसैगरि कार्यक्रमलाई सफल बनाउने भन्दै जनजाती महिलाहरु विष्णु थापा, विमा
थापा, निर्मला गुरुङ, नगरका सचिव श्रीपाल सारु, महासंघका सदस्य लोकमाया गुरुङ
लगायतले पनि रक्तान गरेका छन् ।
रक्तदान कार्यक्रममा रेडक्रसका बरिष्ठ अधिकृत गोविन्द आचार्यले वास्तवमा रक्तदान
भनेकै जीवन दान हो किन कि रगत भन्ने कुरा कुनै बोट विरुवाबाट नपाइने र
पशुपंक्षिको रगत पनि मानिसको लागि काम नलाग्ने भएर मानिसका लागि मानिसको
रगत नै महत्व हुनेमा जोड दिएका थिए ।
उनले जनजाती महासंघले पनि करिब बर्षमा २ पटक रक्तदान कार्यक्रमको
आयोजना गरेको भए रेडक्रसलाई पनि सहयोग हुने अपेक्षा व्यक्त गरे ।
महासंघले १८ औ विश्व आदिवासी दिवसलाइ सफल बनाउन एक हप्ते कार्यक्रम
सार्वजनिक गरेको छ ।
यस्तै कार्यक्रमअन्तर्गत आज (बुधबार) महासंघका उपाध्यक्ष तथा मोटरसाइकल ¥यालीका संयोजक पञ्चसिहं
रोकाय खाम्पाको संयोजकमा मोटरसाइकल ¥याली र प्रचार प्रसार समितीका
संयोजक विहानी रानाको संयोजकमा प्रचार प्रसार गरिने भएको छ ।
बिहीबार विश्व आदिवासी दिवसका दिन विभिन्न झाँकि, ¥्यालीसहित खुला मञ्चमा
बृहत कार्यक्रम गरिने महासंघले जनाएको छ । महासंघले यसअघि अन्तकृया, दिप प्रज्वलन लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।
No comments:
Post a Comment