Friday, September 14, 2012

बालदिवस विषेश कार्यक्रम

सुर्खेत, २८ भदौ ।
नगरबाल नेटर्वक वीरेन्द्रनगर सुर्खेतले बिहिवार वाल दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । दिवसको अवसरमा बाल श्रमिक बालबालिकाको लागि अन्र्तक्रिया, बालवालिकाका लागि रणनीतिक योजना तर्जुमा बारेमा छलफल कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विभिन्न तिज विशेष नाच, गान समेत गरिएको थियो । कार्यक्रमको प्रमुख अथितिमा नगरपालिकाका कार्यकारी अधिकृत यामलाल ढकाल र सभापतिमा हेमराज विक रहेका थिए ।
त्यसैगरी बालदिवसको अवसरमा कोलडांडा वाल समूहले बाल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सुनिता विक प्रथम, रोशनी विक द्धितीय र विशाल, पुजा, दिपिका र गणेशको समूह तृतीय भएका थिए । कार्यक्रममा गीत, नृत्य, कविता, नाटक लगायतको प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो भने अभिभावक, बालवालिका, आवाज संस्था सुर्खेतका प्रतिनीधि लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment