सुर्खेत, २८ भदौ ।
वर्तमान सरकारका विरुद्धमा नेकपा—माओवादीले नेपाल बन्दको आव्हान गरेको छ । डा. बाबुराम भट्टराई नेतृत्वको सरकाले राष्ट्रघाती एवंम् जनविरोधी सम्झौता र एयरपोर्ट भारतीय कम्पनीलाई दिने तयारी र पेट्रोलिम पदार्थ सहित दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धिको विरोधमा बन्दको आव्हान गरिएको हो ।
विरोध स्वरुप २८ गते साँझ मसाल जुलुस र २९ गते देशव्यापी रुपमा नेपालबन्दको कार्यक्रम आव्हान गरिएको जनाएको छ । नेकपा—माओवादी सुर्खेतका सेक्रेटरी ठम्मर विष्टद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत बन्दको कार्यक्रममा सहयोग गर्न सबैसंग अपिल गरिएको छ ।
शुक्रबार आह्वान गरेको नेपाल बन्द आधा दिन घटाएको छ । बिहान ६ बजेदेखि १२ बजेसम्ममात्रै बन्द गर्ने गरी परिमार्जन गरेको कार्यालय सचिव श्रीराम ढकाल ‘प्रशान्त’ ले जानकारी दिए । ‘तीज र बाल दिवसको कार्यक्रमले गर्दा साँझ ६ बजेसम्मको बन्द १२ बजे नै टुंग्याउने गरी परिमार्जन गरेका छौँ,’ उनले भने । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा माओवादीले बन्द आह्वान गरेको थियो ।

No comments:
Post a Comment