Friday, September 14, 2012

घाइते पत्रकारको निधन


काठमाडौं, २८ भदौ ।
नेपाल पत्रकार महासंघ बझाङका सचिव नरेश खड्काको निधन भएको छ । समाचार संकलनका लागि चैनपुर बजार गइरहेकाबेला भीडबाट खसेको ढुंगाले लागेर घाइते भएका खड्काको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारकोक्रममा बुधबार साँझ ७ बजे निधन भएको हो । ढुंगाले लागेर गम्भीर घाइते भएका उनलाई हेलिकोप्टरबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको थियो ।

बझाङ हेमन्तवाडा घर भएका खड्का नयाँपत्रिका दैनिकमा आबद्ध थिए । २८ वर्षीय खड्काका श्रीमती एक छोरा र एक छोरी छन् । खड्काको शव अन्तिम संस्कारका लागि बझाङ लगिएको छ । यसैबीच प्रेस चौतारीले बिहीबार विज्ञप्ती जारी गर्दै खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । उनी प्रेस चौतारी बझाङका उपाध्यक्ष थिए ।
‘उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक सिर्जनशील युवा पत्रकार गुमाएको छ भने हाम्रो संगठनले एक जुझारु र प्रतिबद्ध सहकर्मी गुमाएको छ’ महासचिव विष्णु रिजालद्धारा जारी विज्ञप्तीमा भनिएको छ । ‘यस दुःखद घडीमा पत्रकार खड्काले पु¥याएको योगदानको सदा स्मरण गरिरहने प्रतिबद्धता व्यक्त गर्दै हाम्रो संगठन उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ’ चौतारीले उनको निधनले शोकाकुल भएका परिवारजन तथा आफन्त लगायत सहकर्मीहरुप्रति समवेदना प्रकट गरेको छ ।

No comments:

Post a Comment