Friday, September 14, 2012

सुन्दर नेपालको १६ औं साधारण सभा

पाँच जिल्लाका २१ लद्यु जलविद्युत आयोजना संचालित
सुर्खेत, २८ भदौं ।
बजारमा लोडसेडिङको समय बढी रहँदा गाउँमा भने बत्ती बल्न थालेको छ । साना लद्यु जलविद्युत आयोजना निर्माणको अभियान गाउँ गाउँमा पुगेपछि गाउँ समेत झिलिमिलि हुन थालेका हुन् । मध्यपश्चिमका जुम्ला, हुम्ला, कालिकोट, जाजरकोट, सल्यान सहितका पाँच जिल्लामा २१ वटा साना लद्यु जलविद्युत आयोजना निर्माण सम्पन्न गरिएको छ ।
नेपाल सरकार वातावरण मन्त्रालय वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र÷उर्जा क्षेत्र सहयोग कार्यक्रम को सहयोगमा क्षेत्रीय नविकरणीय उर्जा सेवा केन्द्र÷सुन्दर नेपाल संस्था सुर्खेतको सहजिकरणमा २१ लद्यु जलविद्युत आयोजना निर्माण गरिएको हो ।
जुम्ला जिल्लामा ११ वटा, जाजरकोटमा ४ वटा, हुम्लामा ३ वटा, कालिकोटमा १ वटा र सल्यानमा २ वटा लद्यु जलविद्युत आयोजना निर्माण गरी ग्रामिण तहमा चार सय ८ किलोवाट क्षमताको विद्युत उत्पादन भएको जनाईएको छ । उक्त २१ आयोजना मार्फत चार हजार पाँच सय तीन स्थानीयबासीन्दा लाभान्वित भएको जनाईएको छ । सुन्दर नेपाल संस्था वीरेन्द्रनगर सुर्खेतको १६ औं बार्षिक साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उक्त जानकारी गराईएको हो ।
जुन २०१२ सम्मा संस्थामा ७१ वटा लद्यु जलविद्युत आयोजना माग भै आएको जनाईएको छ । जस मध्ये विस्तृत सम्भाव्यता अध्ययन ५६ वटा, सशर्त अनुदान स्वीकृत भएका ३१ वटा, निर्माणाधिन लद्यु जलविद्युत २९ वटा, निर्माण सम्पन्न भै चालु अवस्थामा रहेका १८ वटा, निमार्ण सम्पन्न भएका पेल्ट्रिक सेट ३ वटा रहेको जनाईएको छ ।
ग्रामिण तहबाट लद्यु जलविद्युत आयोजनाको मागको अनुपात धेरैभएपनि स्थानीय स्तरबाट जनश्रमदान र रकम नउठदा धेरै आयोजनाहरु संचालन हुन नसकेको जनाईएको छ । ग्रामिण तहमा लद्यु जलविद्युत आयोजना संचालन हुनका लागि मुहानदेखि बस्ती सम्मको उचार एक सयदेखि एक सय पचास मिटर, वस्तीमा ४० देखि ५० घरधुरी, बढीमा १५ सय वाटपीक क्षमता सम्मको सोलार पाता लाग्ने, अनुदान बाहेकको जम्मा लगानीमा ७५ प्रतिशत व्यहोर्नुपर्ने सर्त रहेका छन् ।
त्यसैगरी पानीको बहावm कम्तिमा पनि ०.०५ लिटर÷प्रतिसेकेण्ड भन्दा कम नभएको, बस्तिमा विजुली नपुगेको वा हालै पुग्ने सम्भावना नरहेको, पानीको मुहान तथा आवश्यक पर्ने जग्गा जमिनको लागि कुनै विवाद नरहेको हुनुपर्ने प्राव्धान राखिएको छ ।
संस्थाले आर्थिक बर्ष ०६८÷०६९ को ३ करोड ३० लाख ३० लाख ७ हजार बजेटको आय व्यय सहित प्रगति प्रतिवेदन प्रस्तुत गरेको छ । त्यस्तै संस्थाले आर्थिक बर्ष २०६९÷०७० को एकीकृत प्रस्तावित आय व्यय तर्फ कुल आम्दानी र खर्चमा ४ करोड १७ लाख ३७ हजार ८ सय बजेट प्रस्तुत गरेको छ ।
हाल संस्थाले संचालन गरेका कार्यक्रमहरुमा लघु जलविद्युत प्रणाली सहयोग कार्यक्रम सुर्खेत, जुम्ला, जाजरकोट, दैलेख, कालिकोट, हुम्ला, मुगु र सल्यान जिल्लालाई कार्यक्षेत्र बनाएर संचालन गरिरहेको छ । ग्रामीण ऊर्जा कोष, जैविक ऊर्जा सहयोग कार्यक्रममा सुधारिएको चुलो कार्यक्रम सुर्खेत, दैलेख, जाजरकोट र कालिकोट जिल्लामा कार्यक्रम संचालन गरिरहेको छ ।
नविकरणीय ऊर्जामा संस्थागत क्षमता अभिवृद्धि कार्यक्रम, सोलार प्रबिधिबाट खानेपानी प्रणाली कार्यक्रम सुर्खेत, दैलेख, सल्यान, कालीकोट, जाजरकोट, जुम्ला र दाङ जिल्लामा संचालन गरेको छ । द्धन्द्धमा संलग्न तथा द्धन्द्धबाट प्रभावित बालबालिकाहरु तथा शिविरबाट बहिर्गमन भएका युवाहरुको पुनः एकिकरणका लागि सहयोग कार्यक्रम बर्दिया, दैलेख, जुम्ला, मुगु जिल्लाहरुमा कार्यक्रम संचालन गरेको संस्थाले जनाएको छ ।
सामुदायिक सशक्तिकरण परियोजना अन्र्तरगत सुर्खेतको कुनाथरीमा कार्यक्रम संचालन गरेको छ । उच्च मूल्य कृषि वस्तु आयोजनाको समावेशी व्यवसाय परीक्षण परियोजना, सबैका लागि दिगो सरसफाई कार्यक्रम सुर्खेतको छिन्चु, गुमी, लेखफर्सा, नेटा, गढी, विद्यापुर र गुटुमा संचालन गरेको छ ।  आयआर्जनका लागि शिक्षा कार्यक्रम, स्थानीय सुशासन तथा सामुदायिक विकास कार्यक्रम, लगायतका कार्यक्रमहरु संचालन गरेको संस्थाले जनाएको छ ।
सोही अवसरमा ०६८ सालको एसएलसी परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने शिखर उच्च माध्यमिक विद्यालय रामघाट, प्राध्यापक डा. दिपक गौतम, उत्कृष्ट कर्मचारी बैकल्पिक उर्जा कार्यक्रमका मिनिग्रिड ईन्जिनियर बालमुकुन्द कँुवर लगायतलाई  सम्मानित गरिएको थियो ।
त्यस्तै बागेश्वरी उच्च मावि राकमका कक्षा ९ मा अध्यरत छात्र प्रकाश विक र शिखर उमाविमा कक्षा ८ का छात्र विरबहादुर वलीलाई प्रति व्यक्ति २४ सय  छात्रवृत्ति रकम प्रदान गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष बुद्धिप्रसाद सापकोटाको अध्यक्षता र हेफर इन्टरनेश्नलका क्षेत्रीय संयोजक दुर्गा केसीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो  ।

No comments:

Post a Comment