Thursday, September 20, 2012

बृद्धाश्रमलाई सहयोग

सुर्खेत, ४ असोज ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत वीरेन्द्रनगर जेसीजले विहिबार प्रशान्ति बृद्धाश्रम लाटीकोइलीका बृद्धाबृद्धहरुलाई भोजन खुवाएको छ । जेसीजले एक छाक बराबर चेक र नगद गरी सात हजार पाँचसय रुपैयाँको चेक प्रशान्ति बृद्धाश्रम लाटीकोइलीलाई हस्तान्तरण गरेको थियो ।
चेक हस्तान्तरण गर्दै जेसीजका अध्यक्ष जेसी भद्र भण्डारीले युवाहरुले बृद्धबृद्धाहरुको उच्च सम्मान एवंम् माया गर्नुपर्ने बताए । उनले बृद्धबृद्धालाई हेला होईन सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै जेसीजका वर्ष १९९६ का अध्यक्ष जेसी श्रवणकुमार सिंह ठकुरीले सबै बृद्धाहरुलाई हामी युवाले सम्मान र आदर गर्न सिकेपछि मात्र भावी सन्तानले हाम्रो पनि सम्मान गर्ने कुरामा जोड दिए । कार्यक्रममा वीरेन्द्रनगर जेसीज वर्ष २०१२ का पदाधीकारीका साथै जेसीज सम्बद्ध पूर्व अध्यक्ष तथा पदाधीकारीहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

No comments:

Post a Comment