Wednesday, September 19, 2012

विश्वविद्यालय सभा सुर्खेतमा गर्न माग

सुर्खेत, ३ असोज । 
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको सभा राजधानीमा गर्न लागिएको प्रति आपत्ति जनाईएको छ । पहिलो पटक हुन लागेको विश्वविद्यालय सभा सुर्खेतमै आयोजना गर्न माग गरिएको छ ।
यही असोज ७ गते हुने भनिएको विश्वविद्यालय सभा पहिलो पटक हुन लागेको हुँदा जिल्लामै आयोजना गर्न माग गरिएको हो । नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रिय सदस्य खोपिराम लम्साल, वीरेन्द्रनगर बहुमुखी क्याम्पस इकाइ समिति अध्यक्ष भीउसिंह बुढा, पव्लिक साईन्स क्याम्पस इकाइ समितिका अध्यक्ष पदमराज जोशी र शिक्षा क्याम्पस इकाइ समिति अध्यक्ष नेमबहादुर शाही सहितको संयुक्त हस्ताक्षरित विज्ञप्ति मार्फत जनाईएको छ ।

विश्वविद्यालय सभाले आगामी बर्षको नयाँ कार्यक्रम तयारी, नीति तथा नियम, आचरसंहिता, बजेट निर्माण, कक्षा संचालनका लागि अनुमति, दरबन्दी अनुसार पदपूर्तिका विषयमा छलफल गर्ने जनाईएको छ । विश्वविद्यालयहरुका लागि विश्वविद्यालय सभा महत्वपूर्ण मानिन्छ ।
यसैवीच पूर्वगृहमन्त्री एवंम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य पूर्णबहादुर खड्काले सुर्खेती जनताले सुर्खेतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्थापना गर्न १५ वर्ष सम्म गरेको अथक संघर्ष र जुटाएको आर्थिक स्रोतको पृष्ठभूमीमा मध्य पश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा स्थापना भएको हो म.प. विश्वविद्यालयका गतिविधि लगाएत पठन पाठन र भैतिक स्रोत सुविधा जुटाउने कुरामा मध्यपश्चिम र सिंगो सुर्खेती जनतालाई सक्रिय सहभागी बनाएर अघि बढ्नुर्पे बताईएको छ ।

तर विश्व विद्यालयको महत्वपूर्ण प्रथम सभा केन्द्रिय कार्यालय सुर्खेतमा नगरी राजधानीमा गर्न लागेको कुरा जानकारीमा आएकोले मलाई स्तव्ध र दुखित तुल्याएको छ । म.प.विश्व विद्यालय सभा काठमाडौमा गरी त्यसका कारणले विश्वविद्यालयको दिर्घकालिन विकासमा नकारात्मक प्रभाव पर्न जाने सम्भावना भएकोले कुनैपनि बहानामा, राजधानीमा गरीने कुरामा मध्यपश्चिम र सुर्खेती जनता सहमत हुन सक्दैनन् ।
त्यसैले कुनै बहानामा प्रथम सभा काठमाण्डौमा गर्ने निर्णय तत्काल परिवर्तन गरी केहि दिन पश्चात मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर सुर्खेत तथा विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगर सुर्खेतमा नै सभाको बैठक गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

No comments:

Post a Comment