Wednesday, September 19, 2012

शिक्षक खत्रीद्धारा कार्वाहिको माग

सुर्खेत, ३ असोज ।
कालिका प्रावि नादे धारापानीका शिक्षक जङ्गबहादुर वलीले भदौ १३ गते आफुमाथि कक्षा कोठामा पढाईरहेको बेलामा र अफिस कोठामा विद्यालय व्यवस्थापन समितिका सदस्य भिमबहादुर बुढाले हातपात र दुव्र्यवहार गरेकोले दोषिलाई उचित कार्वाही गर्न माग गर्दै प्रेस विज्ञप्ती जारी गरेका छन् ।

उनले विज्ञप्तीमा विद्यालय जस्तो शिक्षाको ज्योति प्रवाह हुने स्थानका विव्यस सदस्यले माद्यक पदार्थ सेवन गरी कक्षा कोठामा पढाई रहेका शिक्षक माथि अस्वभाविक क्रियाकलाप गरेकाले शिक्षा नियमावली अनुसार उपयुक्त÷अनुपयुक्त के हुन्छ नीजलाई उक्त विव्यस सदस्यबाट अयोग्य घोषणा सहित कार्वाहिको माग गरिएको छ । साथै उक्त विद्यालयका प्रअ सहितका अन्य घटनामा संलग्न व्यक्तिहरुलाई समेत कार्वाहिको माग गरिएको छ ।
उनले प्रअ दलबहादुर खत्रीलाई निलम्वन, घटुवा र विव्यस सदस्य भीमबहादुर बुढालाई कम्तिमा एक कार्यकाल विव्यस सदस्य पदमा अयोग्य घोषणा गरी पाउँ भनी जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालयमा माग समेत पेश गरेका छन् ।

No comments:

Post a Comment