रोल्पा, २४ भदौ ।
सेना समायोजनका लागि लडाकु छनोट कार्य अन्तर्गत आइतबार चौथो दिन रोल्पामा ४६ जनाले समायोजनका लागि आवेदन फारम दर्ता गरेका छन् । पाँचौं डिभिजन अन्तर्गतका ७४ जनाले फारम लिएकामा सबैले समय अभावले गर्दा आवेदन फारम दर्ता गर्न नभ्याएका हुन् ।

डिभिजनका अनुसार समायोजनमा चौथो दिन आइतबार डिभिजन मुख्यालय अन्तर्गतका ६६ जना पुरुष र ८ जना महिलाले समायोजनमा जान आवेदन फारम लिएका थिए । तर बेलुका ५ बजेसम्ममा ४२ पुरुष र ४ महिलाले मात्र आवेदन बुझाएका थिए । लोक सेवा आयोग र विशेष समिति सहितका प्रतिनिधिको छनोट समितिले बेलुका ५ बजेसम्ममा मात्र कार्य गर्ने भएकाले सबैले फारम बुझाउन नसकेको डिभिजनका पूर्व कमाण्डर हिम्मत बरालले बताए ।
डिभिजन मुख्यालय दहवनका फारम बुझिसकेपछि छनोट समितिले सोमबारबाट मुख्यालयको अर्काे शिविर मसिनाको उघामा जाने छ । उघामा २ सय ४३ लडाकु रहेका छन् ।
No comments:
Post a Comment