काठमाडौं, २४ भदौ ।
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेन्द्रसिंह भण्डारी हाल पश्चिमाञ्चलको पोखरामा कार्यरत छन् । डीआईजी भण्डारीको अकूत सम्पत्तिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । भण्डारी नेपाल प्रहरीका सबैभन्दा धनी व्यक्तिमा पर्ने प्रहरी स्रोतले बताएको छ । सुल्टो, उल्टो दुवै जानेका भण्डारी आफूले खनेको खाल्डोमा आफैं परेको प्रहरी अधिकारीहरु बताउँछन ।

आफ्ना समकक्षीहरुलाई सिध्याउन सी.बी.आई. नामक संस्थामा बसेर भण्डारीले अनेक घृणित खेल खेली अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख सूर्यनाथ उपाध्यायसँग मिलेर अकूत सम्पत्ति जम्मा गरेको समाचार सूत्रले बतायो । उनी त्यही पैसाको बलमा एआईजीमा बढुवा भै आईजीपी बन्ने एकसूत्रीय अभियानमा लागेकै बेला आयोगको नियन्त्रणमा परेको र उनलाई भ्रष्ट्राचारको अभियोगमा कारागार लैजाने तयारी भैरहेको समाचारमा उल्लेख छ ।
डीआईजी भण्डारीले सूर्यनाथ नामको भाइरसको आडमा उद्योगपति, व्यापारी लगायत भीआईपी सञ्चालकहरुलाई धम्क्याएर र तर्साएर सिङ्गो प्रहरी संगठनको मानमर्दन गरी पैसा असुल्ने गरेको स्रोतको कथन छ । आफूभन्दा माथिकालाई बदनाम गर्दै सँगैका समकक्षीहरुलाई झुठ्ठा मुद्दा लगाउँदै अगाडि बढेका डीआईजी भण्डारीको पाप अन्ततः धुरीबाट कराएको छ ।
त्यसैगरी काठमाडौं प्रहरी परिसरका एसएसपी जयबहादुर चन्द पनि कानुनतः अवैध मानिएको ढुकुटी कारोबारबाट अकूत सम्पत्ति थुपार्ने प्रहरीहरुमा दर्ता हुन पुगेका प्रहरी सूत्रले बतायो । एसएसपी चन्दले काठमाडौं प्रहरी परिसरका प्रहरी अधिकृहरुलाई प्रयोग गरी सम्पत्ति थुपार्ने अभियानमा जुटिरहेको बताइएको छ ।
एसएसपी चन्दले उपत्यका अपराध अनुसन्धान शाखाको प्रमुख हुँदा पनि पदको दुरुपयोग गरी अकूत सम्पत्ति जोडेका थिए । यिनै कुराहरुको वास्तविकतालाई मध्यनजर गर्दै अख्तियारले एसएसपी चन्दको पनि सम्पत्ति छानविन गरिरहेको र कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
यता महानगरीय प्रहरी आयुक्त कार्यालयका एसपी सञ्जयसिंह बस्नेत नेतृत्वको मार्सल टोलीले अराजकता मच्चाउन थालेपछि अख्तियारमा बस्नेत विरुद्ध उजुरी परेको स्रोतले बतायो । यसैबीच मध्यमाञ्चलका डीआईजी वीरेन्द्रबाबु श्रेष्ठ, ट्राफिकका गणेशराज राई र प्रहरी प्रवक्ता डीआईजी विनोद सिंहबारे पनि गोप्य रुपमा सम्पत्ति छानविन भैरहेको बताइएको छ ।
No comments:
Post a Comment