सुर्खेत, २३ भदौ ।
आर्थिक सामाजिक र राजनितीक कारणले गर्दा महिला हिंसा न्यूनिकरणमा समस्या देखिएको एक कार्यक्रमका सहभागीले बताएका छन् । महिला अधिकार संञ्जाल सुर्खेतको तेस्रो बार्षिक साधारणसभामा सहभागी भएका अधिकारकर्मीहरुले सो कुरा बताएका हुन् ।
समाजमा व्याप्त अवस्थामा रहेको कुरिती र कुसस्कारका कारणले गर्दा शहरमा भन्दा ग्रामीण क्षेत्रका महिलाहरु बढि हिंसा भोग्न बाध्य भएको उनीहरुको भनाई रहेको थियो । अशिक्षा र अन्धविश्वासका लगायतका कारणले गर्दा उनीहरु अहिलेपनि घरेलुहिंसा सहेर बस्न बाध्य भएको सहभागीको भनाई छ । पिडा सहेर बस्ने बानिका कारणले गर्दा पटक पटक उनीहरुमाथी हिंसा हुने गरेको बताईएको छ ।

कार्यक्रममा स्याक नेपालकी शोभा तिवारी, संञ्जालकी सल्लाहकार पावर्ती गीरी, बिभिन्न संघ—संस्थाका प्रतिनिधी, अधिकारकर्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा आर्थिक बर्ष २०६८÷०६९ को आर्थिक तथा प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम महिला अधिकार संञ्जालकी अध्यक्ष पबित्रा शाहीको सभापतित्व तथा महिला मानब अधिकार रक्षक संञ्जालकी केन्द्रिय सदस्य रमा प्याकुरेलको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
No comments:
Post a Comment