Saturday, September 8, 2012

संघको साधारणसभा सम्पन्न

सुर्खेत, २३ भदौ ।
भेरी—कर्णाली ट्रक तथा ट्रेयाक्टर ब्यवसायी संघ दैलेखको सातौं बार्र्षिक साधारण सभा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, भेरी—कर्णाली ट्रक तथा ट्रेयाक्टर ब्यवसायी संघ दैलेखसंग आबद्ध ब्यवसायी लगायतको उपस्थिति रहेको थियो ।
साधारण सभाका आर्थिक बर्ष २०६८÷०६९ को लेखापरीक्षण प्रतिबेदन प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदन माथी पनि छलफल भएको छ । कार्यक्रममा वोल्दै ब्यवसायीहरुले राजनैतीक दलहरुले आफ्नो बोलीलाई कार्यान्वयन नगरेको भन्दै त्यसले आफुहरुलाई काम गर्न निकै अप्ठेरो परेको गुनासो गरेका छन् ।
कार्यक्रममा भेरी—कर्णाली ट्रक तथा ट्रेयाक्टर ब्यवसायी संघ का अध्यक्ष सुर्यबहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको हो ।

No comments:

Post a Comment