सुर्खेत, २३ भदौ ।
सुर्खेती युवाहरुको पहलमा सुजल इन्टरटेन्टमेन्ट्सले निर्माण गरिरहेकोे नेपाली कथानक चलचित्र ‘स्टुडेन्ट लाईफ’को सुटिङगकार्य सम्पन्न भएको छ । वीरेन्द्रनगरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी यसको बारेमा जानकारी गराईएको हो ।
सुटिङ कार्य सम्पन्न गर्न झण्डै ३ महिना लागेको बताईएको छ । प्लसटु लेवलका किशोर किशोरीहरुको कथावस्तुमा आधारित रहेको निर्देशक नविन रेग्मीले बताए । रेग्मीले त्रिकोणात्मक प्रेमकथामा आधिरित चलचित्रले प्लसटु लेवलका किशोर किशारीहरुमा विपरित लिङगप्रति हुने आकर्षणका कारण मौलाउँदै गएको विकृतिले पारेको प्रभाव सम्बन्धि विषय बस्तुको उठान गरेको बताए । सुर्खेती युवाहरुको पहलमा सुजल इन्टरटेन्टमेन्ट्सले निर्माण गरिरहेकोे नेपाली कथानक चलचित्र ‘स्टुडेन्ट लाईफ’को सुटिङगकार्य सम्पन्न भएको छ । वीरेन्द्रनगरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी यसको बारेमा जानकारी गराईएको हो ।
निर्माता बलभद्र खत्रीले सुर्खेत जिल्लाका युवाहरुले पनि अवसर पाएमा केही गरेर देखाउन सक्छन् भन्ने कुराको पुष्टि यो फिल्मबाट देखाउन खोजेको बताए । करीब १६ लाखको लगानीमा निर्माण कार्य सम्पन्न गर्ने उनले बताए ।
वीरेन्द्रनगरकै स्थानीय विनोद कँडेलले नवनायकको रुपमा यस चलचित्रबाट डेव्युगर्नु भएको छ । उनीहरु सबैकालागि यो नै पहिलो फिल्म हो । स्टुडेन्टलाइफ यूनिटले यो आफ्नो पहिलो चलचित्र भएकाले आफ्नो भविष्य निर्माणका लागि मूलढोका भएको बताइएको छ ।
चलचित्रमा खलनायकको भूमिकामा गणेश खत्री, मिनराज थापा र धुवेन्द्र शाही, नृत्यमा रविन गुरुङ, संगीत अशु सिंह, पाश्र्व गायनमा अशु सिंह, राजेश सिंह र सुम्निमा सिंह, गीत सुमित राई, द्धन्द्ध योगेश विसीको रहेको छ । स्थानीय युवाहरुकै पहलमा निर्माण भएको चलचित्र स्टुडेन्टलाइफको रिलिज पनि सुर्खेतबाटै गरिने भएको छ ।
No comments:
Post a Comment