सुर्खेत, २३ भदौ ।
अपाङ्गता परिचय पत्रको दुरुपयोग भएको शनिबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । अपाङ्गता भएका ब्यक्तिहरुको मानब अधिकार सम्बन्धि कार्यशाला गोष्ठिका सहभागिहरुले यस्तो बताएका हुन् ।

नेपाल सरकारले अपाङ्गता भएका ब्यक्तिहरुलाई दिईने अपाङ्गता प्रमाण—पत्र वास्तविक ब्यक्तिले नपाएको गुनासो गरेका हुन् । साथै कार्यक्रममा नेपाल अपाङ्गता महासंघका निवर्तमान अध्यक्ष वीरेन्द्रराज पोखरेलले राज्यले अपाङ्गताका लागि नयाँ कानुनको निर्माण नगरेर २०३९ सालको पुरानो कानूनमा चलेकाले अपाङ्गता भएकाहरुलाई समस्या परेको बताएका छन् ।
उनले सरकारी भवनहरु अपाङ्गता मैत्री नभएकाले अपाङ्गताहरुलाई समस्या रहेको बताएका छन् । त्यस्तै कार्यक्रममा बोल्दै सहायक जिल्ला प्रमुख अधिकारी अर्जुनकुमार शर्माले अपाङ्गता परिचय पत्र वितरणमा भएको भनिएको अनियमिततालाई बुझेर र कार्वाही गर्ने र अबका दिनहरुमा अपाङ्गता परिचय पत्र ग्रामीण क्षेत्रमा शिविर संचालन गरेर वितरण गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
No comments:
Post a Comment