Saturday, September 8, 2012

सुर्खेतको साक्षरता दर ८८.३१ प्रतिशत पुग्यो

सुर्खेत,२३ भदौ ।
नेपाललाई सन् २०१५ सम्ममा साक्षरता उन्मूल गर्ने उद्देश्य अनुरुप हाल सुर्खेतको साक्षरता दर पनि ८८.३१ प्रतिशत पुगेको छ ।  राष्ट्रिय शिक्षा दिवस २०६९ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सुर्खेतको साक्षरता दर ८८. ३१ प्रतिशत पुगेको जानकारी गराईएको हो ।
राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय सुर्खेतले विभिन्न विधामा उत्कृष्टलाई पुरस्कृत गरेको छ । बर्षमा उत्कृष्ट काम गर्ने उच्च मावि विद्यालय तोस्रा, एसएलसी बोर्ड परीक्षामा जिल्लामा उत्कृष्ट नतिजा ल्याउने शिखर उच्च माध्यमिक विद्यालय रामघाटलाई जिल्ला शिक्षा कार्यालयले प्रमाण—पत्र प्रदान गरेको छ र विद्यालयलाई कम्प्यूटर प्रदान गरेको छ  ।
यस्तै २०६८ सालको राष्ट्रिय शिक्षा दिवसमा उत्कृष्ट विद्यालय व्यवस्थापन समितीमा तोस्रा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरीप्रसाद अधिकारीलाई प्रमाण—पत्र प्रदान गरेको छ । ०६९ सालको महिला विद्यालय व्यवस्थापन समितीहरुमा उत्कृष्ट सूर्यज्योति प्रावि मेहेलकुनाकी विद्यालय व्यवस्थापन समिती अध्यक्ष जयन्ती सुनारलाई सम्मानित गरेको छ ।
सामुदायिक विद्यालयतर्फ जिल्लामा उत्कृष्ट नतिजा ल्याउने जन उच्च माध्यमिक विद्यालय वीरेन्द्रनगरका छात्र रोहित दाहाल र छात्रामा सोही विद्यालयकी प्रमिला सुवेदीलाई पुरस्कार र प्रमाण—पत्र दिएको छ । संस्थागत विद्यालयतर्फ उषा बालवाटीकाका छात्र हिमाल ओली र छात्रातर्फ इन्टरनेश्नल को—अपरेटिभ एकेडेमीकी एलिजा गिरीलाई सम्मानपत्र सहित पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई पुरस्कार स्वरुप १५ सय नगद र प्रमाण—पत्र वितरण गरेको थियो ।
ज्येष्ठ शिक्षकहरुमा जनसेवा उच्च मावि साहारेका अर्जुनबहादुर शाही, स्रोत व्यक्तिमा हरिहरपुर स्रोत केन्द्रका चक्रबहादुर शाहीलाई सम्मान्नित गरेको छ । प्रधानाध्यापकहरुमा  जनज्योति उमावि बडीचौरका प्रध्यानाध्यापक नारायण सिग्द्धेल र बागेश्वरी प्रावि राकमका रिमबहादुर चन्दलाई सम्मानित गरिएको छ  । जिल्ला शिक्षा कार्यालयका लेखापाल तिलक सोमैलाई सम्मानित गरिएको छ ।

No comments:

Post a Comment