सुर्खेत, २१ भदौ ।
नेकपा–माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) केन्द्रिय समितीका सह–संयोजक कमल शाहीले राजनितीक दलहरुका कारण वर्तमान समयमा देश ईतिहासकै कठिन मोडमा आईपुगेको बताए ।
विदेशी दलालहरुको माझमा घुडा टेकेर राजनितीक दलका शीर्ष नेताहरुले देशलाई भुमरीको कालखण्डमा फसाएको आरोप लगाए । अखिल क्रान्तिकारी सुर्खेतको २० आंै जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताए ।

विदेशीको ईशारामा चल्ने राजनितीक दलका नेताहरुले अनेक बाहाना रुची नेपाली जनतालाई पटक पटक धोका दिएको टिप्पणी गरे । देशमा भारतीयहरुको चलखेलले सिमा अतिक्रमण, पेट्रोलियम पदार्थको मुल्यबृद्धि मात्र नभई नेपाल र नेपाली जनताको भविष्यनै धरापमा परेको भन्दै यसको मुख्यदोषि एकीकृत माओवादी, नेपाली काँग्रेस र एमाले भएको स्पस्ट पारे ।
राष्ट्र र राष्ट्रियतालाई बिदेशीहरुको स्वामित्वबाट बचाउन र नेपाली जनताको क्रान्ति पुरा गर्न एकीकृत माओवादीबाट अलगीएर नेकपा–माओवादीको जन्म भएको उनले बताए । दलहरुकै कारणले गर्दा अहिलेको अवस्थामा विद्यार्थी आन्दोलन गम्भिर गोलचक्रमा फसेको भन्दै यसबाट जोगाउन अव सम्पूर्ण विद्यार्थीहरु एक भएर क्रान्ति गर्नुपर्ने बेला आएको उद्घोष गरे । समाजमा हुँदा खाने र हुने खानेका बिचमा सरकारले समान शिक्षा नीति नल्याएसम्म विद्यार्थी आन्दोलन जारी राख्नुपर्ने उनको भनाई छ । नवसंसोधनबाद र राष्ट्रिय आत्मसमर्पणबादका बिरुद्धको आन्दोलन, बैज्ञानिक, व्यबहारीक र जनमुखी शिक्षा प्राप्तीको लागी २० औ जिल्ला सम्मेलन भन्ने नाराका साथ बिहिबारदेखी सुरु भएको सम्मेलन आज सम्म चल्ने जनाईएको छ ।
No comments:
Post a Comment