गोविन्द खत्री
सुर्खेत, २१ भदौ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ श्रीनगरटोलका महिलाहरु पहिले फुर्सदको समय एक ठाउँमा जम्मा भएर एक अर्काको कुरा काटेर समय विताउँने गर्थे तर अहिले भने फुर्सदको समयमा कुरा गर्दै आम्दानी पनि गर्न थालेका छन् ।
नागरिक सचेतना केन्द्र र स्थानीय महिलाको पहलमा वीरेन्द्रनगर नगरपालिकाले दुना टपरी निमार्ण सम्बन्धि तालिम दिए पछि महिलाहरुले श्रीनगर दुनाटपरी उद्योग संचालन गरेका हुन् । समूहकी सदस्य अमृता ज्यापू भन्छिन् ‘पहिले फुर्सदको समय अर्काको कुरा काटेर र गफ गरेर बस्ने गर्दथ्यौँ अहिले उद्योग संचालन गरेछि कुरा गर्दै दुना टपरी बनाउने गर्दछौँ’ उनी एकल महिला हुन् ।

उनको अन्य आम्दानीको स्रोत अरु केहि नभएको र काम पनि गर्न नसक्ने भएकाले यसै उद्योगको आशामा रहेको बताउँछिन् । यस्तै समूहकी अध्यक्ष उषा पहाडी उद्योगले महिलाहरुलाई आम्दानीको स्रोतको रुपमा विकसीत गर्ने सोचमा रहेको बताईन् । अहिले समूहमा १४ जना महिलाको सहभागिता रहेको र विस्तारै टोलका सबै महिलालाई समेट्ने अध्यक्ष उषा पहाडीको सोच रहेकोछ ।
आम्दानीका स्रोतमा रहेको गिट्टी कुट्ने पेशा मात्रै भएकोमा टपरी वनाउनु सजिलो र समूहमा बसेर गर्ने भएकाले रमाइलो समेत हुने बताउँछिन् कौसीला वस्याल । उद्योग कसैको व्यक्ति गत नभएर समूहको हो त्यसकारण पनि सबै महिला जाँगरका साथ कामगर्ने गरेको उनले बताईन ।
उद्योग जेठ महिनाबाट संचालन ल्याईएको हो । उद्योग संचालन भएको तीन महिनामै समूहमा साढे बाह्र हजार रुपियाँ जम्मा गरिसकेको समूहकी कोषाध्यक्ष तिला बस्यालले बताईन । अहिले उनीहरुले निर्माण गरेको प्लेट अर्थात टपरी डेढ रुपैयाँमा र दुना असी पैसमा बेच्ने गरेका छन् । दुना टपरीका लागि आवश्यक पातहरु सामुदायिक वनले विना टिकट टिप्न दिने सहमति गरेको छ ।
महिलाहरुले पालै पालो पात टिप्ने र टपरी बुन्ने गरेका छन् । वीरेन्द्रनगरपालिका–५ मा रहेको उक्त टोलमा अधिकांश दलित छन् भने सबै सुकुमवासी रहेका छन् । धेरै जसोले उक्त टोललाई सुकुमवासी वस्ती, नयाँ वस्ती नामले चिन्दछन् ।
नगरपालिका भित्रकै उक्त वस्ती पिछडिएको वस्ती भएकाले विहान वेलुकाको छाक टार्न समेत गिट्टी कुट्ने, भारी बोक्ने लगायतको काम गरेर चलाएको उनीहरुले बताएका छन् । महिलाहरुको काम देखेर पुरुषहरु पनि केही गर्नुपर्छ भन्नेतिर लागेको समुहकी सचिव सविना विकले बताईन् ।
अहिले उद्योगमा माग धेरै आउने गरेको तर मेसीन एउटै मात्र भएकाले माग अनुसारको पु¥याउन नसकिएको अध्यक्ष उषा पहाडीले बताएकी छन् । उद्योग संचालन गरेपनि धेरै समस्याहरु रहेकाले उद्योगको रुप दिन नसकिएको अध्यक्ष पहाडिले बताईन् ।
हाल गाउँमै रहेको वालविकास केन्द्रमा उद्योग संचालन गरिएको छ । उद्योगको लागि भवनको सबै भन्दा बढी समस्या रहेको उनीहरुले बताएका छन् । दुना टपरी बिक्रीबाट आएको पैसा उनीहरुले समूहमा जम्मा गर्ने गरेका छन् ।
पँुजी धेरै जम्मा भएपछि आएको व्याजबाट मुनाफा लिने सोचले तत्कालै पैसा सदस्यहरुले नलिएको बताईएको छ । महिलाहरुले केहि गर्न सक्दैनन् भन्ने हाम्रो समाजमा रहेको अन्ध विश्वासलाई चिर्न पनि महिलाहरुले भाषणमा मात्र नभएर काम गरेर देखाउनुपर्ने अध्यक्ष पहाडीको सुझाब समेत रहेको छ ।
No comments:
Post a Comment