Monday, September 10, 2012

जिएमआरको कार्यालय घेराउ

सुर्खेत, २५ भदौ ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सुर्खेत वीरेन्द्रनगर स्थित सम्पर्क कार्यालयमा सोमबार घेराउ सहित प्रदर्शन गरिएको छ । नेकपा—माओवादीका कार्यकर्ताहरुले भारतीय कम्पनी जिएमआरसँग भएको सम्झौता खारेजीको माग गर्दै सोमबार सुर्खेतस्थित जिएमआर कम्पनीको सम्पर्क कार्यालयमा प्रदर्शन सहित घेराउ गरेका हुन् ।
सम्झौता राष्ट्रको हितविपरित भएको दाबी सहित विरोध गर्दै आएको नेकपा–माओवादीको भेरी–कर्णाली राज्यसमितिले कार्यालय घेराउ गरेको हो । नेकपा–माओवादी सुर्खेतका सेक्रेटरी ठम्मरबहादुर विष्टले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सम्झौता खारेज हुनुपर्ने माग गरे । उनले राष्ट्रिय हितविपरित भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिनु गलत भएको दाबी गरे ।

नेकपा–माओवादीले विज्ञप्ति जारी गरेर जीएमआरले काम अघि बढाए त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । कर्णाली जलाधार संरक्षण समाजले पनि माथिल्लो कर्णाली जलविद्युत परियोजना नेपाली लगानीमानै सञ्चालन हुनुपर्ने जनाएको छ ।

No comments:

Post a Comment