Sunday, September 9, 2012

बाल श्रम र यौन दुव्यवहार घटना रोकिएन

गोविन्द खत्री
सुर्खेत, २४ भदौ ।

सुर्खेतको एक प्रतिष्ठित होटलमा बालश्रमका विषयमा अन्तरक्रिया कार्यक्रम भईरहँदा कार्यक्रमका सहभागिहरु अर्थात सरोकारवालाहरुलाई नै खाजा लिएर बालश्रमिक आउँदा कसैलाई लागेन छ, यि पनि बाल श्रमिक हुन जो हामिलाई खाजा लिएर दिएका थिए । बालश्रमिक भएको होटल हो प्रतिष्ठित अन्नपूर्ण होटल । होटल अर्ग्रनाईजेसन सुर्खेतले समेत बालश्रमिक नराख्न अनुरोध गरिरहेको अवस्थामा दुई जना बालश्रमिक उक्त होटलले राखिरहेको छ ।
उक्त होटलमा दुई जना बाल श्रमिक छन् । उनीहरु दुबै जना १३—१४ बर्षका छन् । नाम सोध्दा साहुले रिसाउँछ भनेर भन्नै मानेन् तर नाम र काम गर्ने ठाउँ गोप्य राख्ने सर्तमा एक जनाले मात्र आफ्नो परिचय दिन माने । नारघाट घर भएका उनी हाल उक्त होटेलमा काम गर्दा रहेछन् । 
उनीहरुको त्यो डर स्वभाविक नै थियो बल्ल बल्ल होटलमा काम गरेर छाक टार्न त पाएका छन् साहुले थाहा पाएमा होटेलबाट निकालदिने भएकाले जुन समस्या अहिले छ त्यो भन्दा पनि ठुलो समस्या आउने उनीहरुको डर भएको बताउँछन् । उनीहरुलाई आफूलाई काम गरेको ज्याला कति दिन्छन् भन्दा थाहा नभएको बताउँछन् ।

घरमा बसेर अभिभावकको माया अनि संरक्षणमा पढ्नेर भविष्य निर्माण गर्ने बेलामा बाल अधिकार, शिक्षा स्वास्थ्य जस्ता कुरा त परै जाओस उनीहरुलाई सामान्य आफ्नो स्वतन्त्रता समेत छैन ।  सरकारले बाल श्रम गैर कानूनि घोषणा गरे पनि यसको उचित प्रयोग नहुँदा सुर्खेतका बालबालिकाहरु पनि बाल श्रम र यौन शोषणका  सिकार बनेका छन् । सुर्खेतमा बालवालिकाहरु घरेलु कामदार, होटेल तथा यातायातका साधनहरुमा कामदारका रुपमा प्रयोग हुँदै आएका छन् । 
सुर्खेतमा पछिल्लो तथ्याड्ढले एक हजार भन्दा बढि बालवालिकाहरु बालश्रमिक रहेको जनाएको छ । बालश्रमिक को मुख्य कारण गरिबी रहेको छ । आफ्नो क्षमता भन्दा बढी भारी बोक्ने, होटेलमा भाँडा माझ्ने र गाडीका सहचालकको काममा बालवालिका काम गरेको पाइन्छ ।  यसरी काम गर्ने र पैसा अर्थात ज्यालाको समेत ठेगान हँुदैन प्राय बालवालिकाहरु ज्याला पाउँदैनन् र पाउँनेहरुले पनि निकै कम पाएको बताउँछन् ।
सबै वालबालिका विद्यालय जाने समयमा सडक बालवालिका र जो भोको पेट भर्नकै लागि फोहोर गल्लीमा फोहोर वस्तुहरु खोज्दै हिडेका हुन्छन । पारीवारीक आर्थिक अवस्था कम्जोर हुनुमा ती कलीला बालवालिकाको के दोष छ र बालवालिका पढ्न पाउनु र स्वतत्र रुपले हिडडुल गर्नपाउनु नैसरगीक अधिकार हो आर्थिक अवस्था कम्जोर भएका बालवालिका लाई शिक्षा दिक्षा दिनु सरकारको पनि दायित्व हो ।
बालवालिकाहरु श्रमिकको रुपमा काम गर्दा धेरै असुरक्षित रहेको पाईन्छ । सबै भन्दा बढी यौन शोषणमा पर्ने र बेचविखन समेत हुने पाईएको छ । पछिल्लो समयमा बालवालिकाहरु विभिन्न ठाउँ र आफ्नै अभिभावकबाट समेत असुरक्षित हुने गरेका छन् । बालवालिकाको क्षेत्रमा काम गर्दै आएको आवाज  संस्थाले निकालेको एक तथ्याड्ढ अनुसार चार महिनामा २२ वटा यौन हिंसाका मात्रै घटनाहरु आवाज संस्था सुर्खेतमा दर्ता भएका छन् जस मध्य जवरजस्ती करनीमा ७ वटा र बाँकी जवरजस्ती करनी उधोग र बेचविखनका रहेका छन ।  आवाज संस्थाले संचालनमा ल्याको वाल हेल्पलाईन १०९८ मार्फत घटनाको जानकारी आउने गरेको संथाले जनाएको छ ।
संस्थाले तीन बर्ष अघि बाट हेल्पलाईन संचालनमा ल्याएको हो । सडकबालवालिका र विपन्न बर्गका वालवालिकाका लागि भनेर सरकारी र गैरसंस्थाहरु समेत खुलेका छन् र धेरैले जागिर पनि खाएका छन् तर बालवालिकाको अवस्था उस्तै भएको बालवालिकाको भनाई रहेको ।

No comments:

Post a Comment