सुर्खेत, २४ भदौ ।
नेपाल प्रेस यूनियनको भेरी अञ्चल स्तरीय भेलामा आइतबार विवाद भएको छ । अञ्चल स्तरीय भेलामा दुई समूहले छुट्टा छुट्टै विज्ञप्ति जारी गरी भेलाको विवाद बाहिर ल्याएका छन् । प्रेस युनियन सुर्खेत शाखा पदाधिकारी सहित केन्द्रिय पार्षदहरुको समूहले अञ्चल भेला बहिस्कार गरेको जनाएका छन् भने भेरी अञ्चल संयोजक कलेन्द्र सेजुवालको समूहले भेला सम्पन्न भएको दावि गरेका छन् ।
प्रेस युनियन शाखा सुर्खेतले एक विज्ञप्ति जारी गर्दै जिल्ला शाखा पदाधिकारी एवंम् वीरेन्द्रनगरमा उपलब्ध बहुमत केन्द्रिय पार्षदहरुलाई वेवास्ता गर्दै डाकिएको भेला बहिस्कार गरेको जनाएको छ ।
नेपाल प्रेस युनियन शाखा सुर्खेतका पदाधिकारी एवंम् वीरेन्द्रनगरमा उपलब्ध बहुमत केन्द्रीय पार्षदहरुको आइतबार वीरेन्द्रनगरमा सम्पन्न बैठकले केन्द्रिय पार्षद एवंम जिल्ला शाखालाई कुनै जानकारी नगराई गरिएको भेला प्रति आक्रोश व्यक्त गरिएको हो ।

जिल्ला कार्यसमितिका सभापति लगायतलेनै वहिष्कार गरेको अवस्थामा विवाद समाधानका लागि पहल गर्नुपर्ने नैतिक दायित्व वहन गरेको केन्द्रीय सदस्य उमा थापा र क्षेत्रीय संयोजक युवराज श्रेष्ठबाट समेत वास्तविकता बुभ्mनेतर्फ कुनै पहल र प्रयास नभएको बताईएको छ ।
जिल्ला कार्यसमिति र हामी केन्द्रीय पार्षदहरुको समेत मानमर्दन हुने गरी आयोजना गरिएको भेला र बन्द शत्रले गरेका कुनैपनि निर्णय र घोषणाप्रति हाम्रो कुनैपनि किसिमको समर्थन सहयोग र ऐक्यवद्धता नहुने जानकारी केन्द्रीय कार्यसमितिलाई गराउने निर्णय गरिएको छ ।
भेला आयोजनाका नाममा विभिन्न सरकारी गैरसरकारी तथा निजी क्षेत्रबाटसमेत अपारदर्शी ढंगले उठाइएको रकमको वास्तविक विवरण पनि छानविन गरी सार्वजनिक गर्न केन्द्रीय कार्यसमितिसंग आग्रह गर्ने निर्णय गरिएको छ ।
अर्को समूहले भेला सम्पन्न भएको दावि गरेको छ । राज्य व्यवस्था समितिका पूर्व सभापति हृदयराम थानीको प्रमुख आतिथ्यता र यूनियनका मध्यपश्चिम संयोजक युवराज श्रेष्ठ तथा केन्द्रीय सदस्य उमा थापा लगायतको उपस्थितिमा भेला उद्घाटन भएको जनाईएको छ ।
नेपाल प्रेस यूयिनको संगठन सुदृढीकरणको लागि जिल्ला तथा अञ्चल स्तरमा बिभिन्न कार्यक्रम गर्ने, नयाँ सदस्यता र नविकरणको लागि २०६९ असोज १५ गतेभित्र सबै जिल्ला शाखाले केन्द्रीय समितिमा पठाउने, राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित नेपालगन्जको कृष्णसार एफएम र उत्कृष्ट नेपाली शिक्षकबाट सम्मानित नेपाल प्रेस यूनियन बर्दियाका पूर्व अध्यक्ष राजेन्द्र धिताललाई बधाई ज्ञापन गर्ने निर्णय गरेको जनाईएको छ ।
No comments:
Post a Comment