नारायणप्रसाद शर्मा
मेरा आजभोलिका दिनहरू श्रीमतीको शारीरिक अवस्थाले अत्यन्त चिन्तित र थकित अवस्थाकाबीच गुज्रिरहेका छन् । श्रीमतीको साथ र सहयोगका विगतका सम्झना यस्तो अवस्थामा अलि बढी नै हुँदोरहेछ । मैले धेरै पहिलेको जेल बसाइ अहिले झलझली सम्झिरहेको छु ।
अत्यन्तै साँगुरो गाई–भैंसी थुन्ने काञ्जीहाउस जस्तो जेलमा आजको जस्तो तातो तातो खबर पाउन नसकिए पनि पठन–पाठन र लेखनतिर घुँडा धस्यौं । यसरी एक सय चौसठ्ठी दिन बिते । राजनीतिक बन्दी जीवनको नयाँ अनुभूति भयो । त्यसपछि के भन्नु र, २०१७ साल पुस १ गतेको दिन थियो । अपरान्हतिर वर्गदीका एकराज शर्मा, डाँडागाउँका हुताशन शर्मा जेलमा हस्याङफस्याङ गर्दै हामीलाई भेट्न आउनुभयो र श्री ५ बाट संसद भ· गरिएको, प्रधानमन्त्री, मन्त्रीहरू राजनीतिक दलका वरिष्ठ नेताहरू जेलमा परेको खबर सुनाउनुभयो । हामीलाई आश्चर्यमा पारेर उहाँहरू त फर्कनुभयो । यता हाम्रो मन्थन चल्न थाल्यो । लामो छलफलपछि हाम्रो निष्कर्ष यस्तो रह्यो– ‘नेपाली कांग्रेसको सरकारले जतिसुकै भूलहरू गरेको भए पनि संसदै भ· गरेर प्रजातान्त्रिक शुन्यतालाई कसरी पुर्ने ? व्यक्तिको या पार्टीको गल्तीका कारण प्रजातान्त्रिक परिपाटीलाई उच्छेद गर्नु कतै ठीक होइन ।’ सैद्धान्तिक निष्कर्ष यस्तो भए पनि बाहिर यस्तो कुरा पु¥याउने हाम्रो आँट पनि थिएन र अवसर पनि थिएन ।
एकथरिले पुस १ गतेको समर्थन गरेर वक्तव्य दिने सुझाव पनि दिए । उनीहरूको तर्क थियो– ‘तिमीहरू पीडित पक्षका मान्छे हौ । तिमीहरू शासक पार्टीका मान्छे होइनौ ।’ तर त्यो कुरालाई हामीले पचाउन नसकेर ठाडै अस्वीकार ग¥यौं । २०१७ साल पुस ७ गते श्री ५ बाट नयाँ मन्त्रिमण्डलको घोषणा भयो । मन्त्रिमण्डलमा उनै कांग्रेसी नेता विश्वबन्धु थापा, तुलसी गिरी, नागेश्वरप्रसाद सिंहको नाम सुनेर हामी बक्कै प¥यौं । त्यसपछि पुस २१ गतेका दिन राजनीतिक दलहरूमाथि नै प्रतिबन्ध लागेको घोषणा भएको सुन्यौं । त्यस दिन मनमा कता–कता चिसो पस्यो । हाम्रो मनको भाव बुझेर किसान साथीहरू बढी निराश देखिनुभयो । मैले मनको चिसो कुनामा थन्क्याएर ‘प्रजातन्त्र अमर छ, त्यो फर्किन्छ’ भनिदिएँ ।
त्यसपछि त जेलमा कठोरता देखिन थाल्यो । नाम बिर्से, एकजना न्यायाधीश आएर यसरी सम्झाउनुभयो– ‘अब तपाईहरूले राजनीतिक पुस्तक पढ्न र बहस गर्न छाडिदिनुस् । त्यसको साटो धार्मिक किताबहरू पढ्न थाल्नोस् । रामायण, महाभारत, गीता आदि आध्यात्मिक ग्रन्थ पढ्नोस् । फुर्सदमा भक्ति धाराका भजन गाउनुहोस् । समय फेरियो । त्यसैमा तपाईंहरूको भलो छ अन्यथा दुःख पाउनुहोला ।’ त्यस दिन बुझें– धार्मिक अस्त्र जनताको अस्त्र रहेनछ । त्यो शासकवर्गको रहेछ । मैले बिर्सेको छैन, एकजना जेलमा सिपाही थिए । ती बुढाका छोराछोरी थिएनन् र दुई बुढाबुढी प्राणी मात्र थिए । तिनले सधैं एक्लै पनि एउटा गीत गुनगुनाइरहन्थे– ‘जिन्दगीको के छ भरोसा आज हो कि भोलि हो ।’ त्यस दिन बुढाले न्यायाधीशको उपदेश सुनेर मण्टो हल्लाई हल्लाई खुब सुने । विचरालाई राजनीतिक कुरा के थाहा ?
एकदिन जेलमा कसैले दाङ घनिबगियाका नेपाली कांग्रेसका प्रतिष्ठित कार्यकर्ता र शिक्षा प्रचारका अगुवा मानिने दामोदर शर्मा घिमिरे दाङको बडाहाकिम भएको खबर सुनायो । शायद २÷४ दिनपछि हो, उहाँ जेलमा आउनुभयो । नमस्कारको आदानप्रदानपछि मैले भनें– तपाईं विकासप्रेमी भएकाले तपाईंबाट हामीले त्यही कुरा अपेक्षा गरेका छैं । उहाँको संक्षिप्त मन्तव्य थियो– ‘श्री ५ ले पत्याइबक्स्यो । तपाईंहरूको सहयोग चाहिन्छ ।’ हामी मौन भयौं । उहाँले फेरि थप्नुभयो– तपाईंहरूलाई दुःख तकलिफ कस्तो छ ? मैले भनें– दुःखको अनुभव गर्न नै जेलमा बसेका छौं । त्यसपछि उहाँ बाहिरिनुभयो । उहाँले सर्वप्रथम राजनीतिक कार्यकर्ता र नेताहरूलाई थुन्न थाल्नुभयो । नेपाली कांग्रेसका किसान कार्यकर्ता झगबहादुर सर्वप्रथम जेलमा ल्याइनुभयो । अनि रोल्पाबाट निर्वाचित ने.का.का. जुद्धबहादुर न्यौपाने आउने बित्तिकै उहाँका खुट्टामा नेल परे । त्यसैगरी ने.का.कै खीमकान्त शर्मा, फत्तेबहादुर खड्का उहाँहरू सबैलाई नेल भिराइयो । त्यसै दिन मलाई पनि नेल भिराइयो । साथै उसै दिनदेखि हामीले पाएको ‘क’ श्रेणीको खाना पनि हरण गरियो ।
एकदिन कुनै मानिस मलाई भेट्न बाहिर आएका थिए । मैले जेल इन्स्पेक्टरसँग भेट्न देऊ भन्दा उनले ठाडै अस्वीकार गरेर भने– कसैसँग भेट गर्न नदिने अर्डर छ । केही दिनपछि ने.का. तथा भर्खरै बडा हाकिमबाट मुक्त गरिएका भक्तनारायण चौधरी पनि गिरफ्तारीमा परे तर उनलाई जेलमा ल्याइएन । ने.का.का घनश्याम पाण्डेलगायत थुप्रै मान्छे कोही जेलमा र कोही बाहिरै रहेको थाहा भयो ।अचम्मकै कुरा, त्यस्तो चकचकी मच्चाएका बडा हाकिम दामोदर शर्मा घिमिरे थोरै दिनपछि बडा हाकिमबाट हटाइएको खबर पायौं र बडो सञ्चो पनि मान्यौं । परन्तु त्यो त क्षणिक थियो । मूल कुरा त मुलुक प्रजातन्त्रविहीन अवस्थामा थियो । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको समाप्ति र निर्दलीय पञ्चायती व्यवस्थाको स्थापनाको कुरो आइसकेको थियो ।
‘क’ श्रेणीको राजनीतिक बन्दीहरूले पाउने सुविधा कटेपछि चिया र चुरोटको खर्च चलाउन पनि गाह्रो प¥यो । एकजना भेट्न आउने मित्रसँग आर्थिक अप्ठ्यारो सुनाउँदा उनी मौन रहे । चिया–चुरोट भनेर सोझै पैसा माग्न पनि नसुहाउने । त्यसपछि मैले चुरोट पिउनै छोडिदिएँ भने चिया पनि चारैजनाले खान छोडिदियौं ।
तत्कालीन गृहमन्त्री विश्वबन्धु थापाको एउटा वक्तव्य आएको थियो । त्यसमा राजाको कदमको समर्थन गर्नेहरू जेलबाट मुक्त गरिदिने कुरा थियो । जेलरले हामीलाई त्यो कुरा सन्देशको रूपमा सुनाएका थिए । कतिपय राजनीतिक बन्दीहरूमध्ये जसमा पूर्व बडा हाकिम भक्तनारायण चौधरी, घनश्याम पाण्डे आदि वरिष्ठ कांग्रेसहरू निवेदनले छुटे । ने.का.का सांसद जुद्धबहादुर न्यौपाने र शिक्षामन्त्री परशुनारायण चौधरीका पि.ए. फत्तेबहादुरलाई जेलबाट हटाएर बाहिर सुविस्तासाथ राखियो । र सबैका गोडाबाट नेल झिकिए तर मेरा नेल भने गौडैमा रहे । यसैबीच कम्युनिष्ट किसान कार्यकर्ताहरू पनि छुटे ।हामी चारजना केशवराज, माणिकलाल, रामप्रसाद र ममाथि अन्याय भएको अनुभव ग¥यौं र २०१८ असार २ गतेका दिन निम्न माग राखेर अनशन प्रारम्भ ग¥यौं । हाम्रा माग यसप्रकार थिए–
१– हरण गरिएको ‘क’ श्रेणीको सुविधा पुनः प्राप्त होस् ।
२– कि हामीलाई छोडियोस् कि कानुनी कारवाही होस् ।
३– जेलको सफाइ आदिको बन्दोवस्त होस् ।
४– स्वास्थ्य सुविधा मिलोस् ।
हाम्रो अनशन चलेपछि एकराज शर्मा र टेकनाथ गौतमले हामीप्रति राम्रो सहानुभूति देखाउनुभयो । अनशनको बेला मेरा पिताजीलाई सधैं जेलमा आउन दिइयो । शायद यो हामीलाई गाल्ने तरीका थियो कि ? मेरो बुवाले मलाई अत्यन्तै कारुणिक स्वरले ‘बाबु पानी खाऊ’ भनेको अहिले जस्तै लाग्छ । ६ दिनपछि हाम्रा माग सबै पूरा भए । फेरि नयाँ ज्यान पलायो । भाद्र २८ गतेका दिन केशवराज, माणिकलाल र रामप्रसाद बिना निवेदन पनि छुट्नुभयो । मलाई भने छाडिएन । साथीहरू छुटेका दिन निकै सुनो लाग्यो । नेपाली कांग्रेससँग सम्वद्ध धेरै बन्दीहरू निवेदन दिंदै छुटिसकेका थिए । मलाई पनि निवेदन दिएर छुटाउन आग्रह गर्ने मित्रहरू थिए । त्यहाँ निवेदनमा नयाँ पञ्चायती व्यवस्थाको समर्थन जनाउनु पनि पथ्र्यो । म स्वभावले भावुक मान्छे कहिले कठोर र कहिले नरम देखिने । एक दिन मैले गाउँले भाषामा श्रीमतीलाई चिठी लेखें– खरच पठलत पढल, नपठल त नपढलको शैलीमा अर्थात उनी मुश्किलले साक्षर मात्रै थिइन् ।
मैले चिठीमा लेखेको थिएँ– निवेदन लेखेर छुट्ता मेरो आजसम्मको जेल बसाइको कुनै मतलब रहन्न । आत्मसमर्पण गरेर छुट्ने हो भने त्यसले बदनामी हुन्छ । कागज नगरेर छुट्दा अर्कै महत्व हुन्छ, के गर्ने ? चिठीमा यस्तै यस्तै कुरा थिए । धेरै कुरा बिर्सियो पनि । उताबाट चिठी आयो । अपमान हुने गरी जेलबाट नछुट्नोस् । जसरी तसरी घर चलेकै छ । त्यो चिठीले मलाई ठूलो राहत भयो किनकि त्यतिबेला मलाई घरकै चिन्ता बढी हुने गथ्र्यो । उनले छुट्ने दवाव दिएको भए के हुन्थ्यो कुन्नि ? त्यस्तो दवाव दिने महिलाहरू जेलमा आएको मेरो आँखाले देखेकै थिएँ । हाम्रा गाउँले महिलाहरूले पढ्न नपाउँदा आजको सभ्यता र चेतनालाई पकड्न नसक्लान् । तर मान–अपमान र सुखदुःखका मर्म बुझ्दारहेछन् । त्यसैले मेरी श्रीमतीका कमजोरी आफ्नै कमजोरी ठान्छु किनकि मैले उनलाई सामाजिक दृष्टिले केही नजान्ने ठानेर उनलाई सामाजिक बनाउनेतर्फ चेष्टा गरिन र त्यस्तो उचित वातावरण पनि बनेन । पारिवारिक दृष्टिले म सधैं उप्रउप्रै रहें । मेरोे भूल पितृसात्तात्मक समाजको भूल हो । त्यसबाट आजका जागृत युवाहरू सचेत रहनुपर्छ ।

No comments:
Post a Comment