Sunday, September 16, 2012

तीज हार्दिकता र प्रेम

सुर्खेत लगाएत देशभर अहिले हाम्रो घरआँगनमा तीजको रौनक छाएको छ । नारीहरुको महान पर्व हरीतालिका आउन एकदिन मात्र बाँकी रहदा बजारमा पनि चहलपहल बढिरहेको छ भने दरखाने कार्यक्रम पनि दिनदिनै भईरहेकाछन् । पर्व जाड जतासुकै तीजको मौसम आएको अनुभव हुन्छ। विशेषगरी नेपाली चेलीबेटीहरुका लागि तीजको महŒव विशिष्ट प्रकारको छ । युगौंदेखि सांस्कृतिक रुपमा विकसित हुँदै आएको हरितालिका तीज महिलामात्रका लागि यस्तो पर्व हो, जसको तुलना अरु चाडपर्वहरुसँग कहिल्यै पनि हुन सक्दैन ।

 समस्त नारीहरुका लागि सौभाग्य र समृद्धिको प्रतीकका रुपमा समेत रहेको तीज पर्वमा भगवान् शिव–पार्वतीको उपासना र पूजा गरे आपूmले सोचेजस्तो मनोकाङ्क्षा प्राप्त हुने धार्मिक मान्यता पनि रहेको देखिन्छ । राम्रा र चमकदार लुगा तथा महँगा गरगहनाहरुले छपक्कै सजिएर नारीहरु आफूलाई सक्दो आकर्षक तरिकाले प्रस्तुत गर्नपाउँदा दङ्ग पर्छन्, यो तीजको बेलामा । कहिल्यै फुकाउन नसकेको मन फुकाउँदै गीत गाउनु र छमछम नाचेर आफ्नो सीप अनि कलाको प्रदर्शन गर्न पाउनु त हरितालिका तीजले महिलाहरुलाई दिएको ठूलो वरदान नै हो । अहिले तीज पर्वलाई पृथक रुपमा आएको अवसर मान्दै त्यसलाई उपयोग गरेर गाउँघरमा सामाजिक जागरण ल्याउने कामसमेत भइरहेको देखिन्छ, जसले समाज रुपान्तरणमा महŒवपूर्ण भूमिकासमेत खेलिरहेको छ । चेलीबेटीहरुले आफ्ना सुख–दुःख खुला रुपमा माइत वा अन्य ठाउँमा गएर पोख्ने मञ्चका रुपमा समेत अगाडि आउने यो पर्वमा दिदीबहिनीहरु मिलेर संयुक्त रुपमा खाने दरको पनि विशिष्ट महŒव रहेको कुरालाई नकार्न सकिँदैन । अघिल्लो दिनमा मीठा–मीठा परिकार बनाएर खाने र भोलिपल्ट दिनभरि व्रत बस्ने परम्परा तीज पर्वको उल्लेखनीय हिँसाका रुपमा रहँदै आएको छ । शास्त्रीय मान्यतालाई आधार मान्ने हो भने विवाहित महिलाहरु आफ्नो पतिको दीर्घायु तथा सुस्वास्थ्यका लागि अनि अविवाहिताहरु असल पति पाउने कामना राखेर महादेवको व्रत बस्ने गर्दन् ।
आजभोलि तीज विकृतिको कारकसमेत बन्दै गएको पनि देखिन्छ । तीजमा लगाइने महँगा सुन तथा हीराका गहनाहरुका कारण लुटपाट, चोरी–डकैती यस समयमा ज्यादै बढ्न सक्ने अवस्था छ । अझ आफूलाई धनाढ्य तथा आधुनिक भन्न रुचाउने महिलाहरुले त तीज मनाउने क्रममा अनावश्यक रुपमा तडकभडक र प्रदर्शनलाई निकै महŒव दिन्छन्, जसका कारण चाडपर्वमनाउन धनी नै हुनुपर्ने मान्यतासमेत सिर्जित हुँदै गएको छ । हिन्दू नारीहरुको महान् पर्वका रुपमा रहेको हरितालिका तीज हार्दिकता र प्रेमपूर्व मनाएर एक अर्कामा सम्भाव साटासाट गर्नुपर्नेमा देखावटी रुपमा यसलाई मनाउन खोज्ने आचरणका कारण तीजजस्तो चाडपर्वको दुरुपयोग समेत भैरहेको छ, जसलाई रोक्नु जरुरी छ ।

No comments:

Post a Comment