Saturday, September 15, 2012

प्रेस चौतारीको अध्यक्षमा भण्डारी

सुर्खेत, ३० भदौ ।
प्रेस चौतारी नेपाल सुर्खेतको चौंथो अधिवेशनबाट लक्ष्मण भण्डारी प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति सुर्खेतको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । कार्यसमितिको उपाध्यक्षमा सूर्यप्रकाश कँडेल, सचिवमा दिपेन्द्र वली, सह—सचिवमा विनोद शाही, कोषाध्यक्षमा प्रतिमा परियार चयन भएका छन् । यस्तै सदस्यहरुमा गोविन्द खत्री, विन्दु पुरी, रमेश वम, गोपी अधिकारी, विनोद लम्साल रहेका छन् । दलित तर्फ तेज सोनाम, अल्पसंख्यक तर्फ अकबर खाँन, महिला तर्फ  विमला खड्का गरी १५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गगन विष्टले नेपालको पत्रकारीताले अग्रगामी सोच चाहाने र संधै परिवर्तनको पक्षमा भएको वताए । यस्तै लोकतन्त्र र गणतन्त्र ल्याउनमा सञ्चार माध्यमले खेलेको भूमिका अहिलेका नेताले भुलेका र पत्रकारको सुरक्षा हकहितको ग्यारेन्टि गर्न नसकेको बताए । अबको पत्रकारीतामा लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न कलम चलाउनुपर्ने बताए ।

कार्यक्रममा सुर्खेत क्षेत्र नं. २ का पूर्व सभासद यामलाल कंडेल, नेकपा एमाले सुर्खेतका उपाध्यक्ष शिव उपाध्याय, चौतारीका केन्द्रिय उपाध्यक्ष राजेन्द्र अर्याल, महासचिव विष्णु रिजाल,  प्रेस युनियनका केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल, प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य जिवन शाही, क्रान्ति पत्रकार समूह सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती लगायतले मन्तव्य राखेका थिए ।


No comments:

Post a Comment