सुर्खेत,३० भदौ
नेकपा एमाले गाउ कमिटि लाटिकोईलीको ९ औ अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले बिरबहादुर वस्नेतको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा सुरेशकुमार वली, सचिबमा यामबहादुर गरुङ्ग, सह—सचिबमा चन्द्र बहादुर विसी लगाएतका चयन भएका छन् ।

कार्यक्रमको उधघाटन समाह्रोका प्रमुख अथिति एवंम् नेकपा एमाले जिल्ला कार्यसमिती अध्यक्ष नवराज रावतले वाबुराम सरकार अहिले सम्म कै कंलङ्क र भ्रष्टचारी सरकार भएको आरोप लगाएका छन् । यस्तै कार्यक्रमका विशेष अथिति एवंम् पूर्व सभासद् यामलाल कंडेलले संविधान सभाको नचाहादा नचाहादै पनि ए नेकपा माओवादिका कारण विगठन भएको र संविधान सभाको अवसान गर्ने माओवादीले जिम्मेवारी लिनुपर्ने जिकीर गरेका थिए ।
समाह्रोहबाट पार्टिमा लामोसमय सम्म काम गर्ने र पार्टि नियमित वैठकहरुमा उपस्थित हुने सदस्यहरुलाई सम्मान समेत गरेको थियो सम्मानित हुनेमा वडा नं. १ का सजनसिंह सुनार, लालबहादुर रावत, रेवति खड्का, लक्ष्मी खत्री, वडा नं. ३ बाट झपबहादुर बुढा, वडा नं. ५ बाट स्वर्गिय कर्ण थापा की धर्मपत्नी, सात बाट शेरबहादुर मल्ल,आठबाट विष्णु भण्डिारी र चुलुवा थारु र नौ बाट यामप्रसाद भण्डारीलाई सम्मान गरेको हो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य ऋषी गिरी, खड्क केसी, तोरण विक, जिल्ला कमिटि सल्लाहाकार समितीका संयोजक हेमधोज थापा, एमाले क्षेत्र नं. दुईका अध्यक्ष गणेश वली लगाएतको उपस्थिती रहेको थियो भने कार्य क्रममा समितिको आर्थिक तथा राजनैतिक प्रतिवेदन निवर्तमान अध्यक्ष नन्दलाल शर्माले प्रस्तुत गरेका थिए ।
No comments:
Post a Comment