नेपालगन्ज, २० भदौ ।
अग्नी नियन्त्रणका लागि नेपालगन्ज नगरपालिकाद्धारा सन्चालित दमकल कार्यालयका १० जना कर्मचारी सीमावर्ती भारतीय बजार रुपैडियामा सम्मानित भएका छन् । सीमापारी रुपैडियाका नागरिकका तर्फबाट शान्ति कमेटीले बुधबार साँझ सम्मान गरेपछी फायर विग्रेडका टिम इन्चार्ज रन्जितबहादुर श्रेष्ठसहित १० जना कर्मचारी खुसीसंगै उत्तसाहित देखिएका छन् ।
रुपैडिया लगायतका सीमावर्ती बजार तथा गाउँमा आगलागी नियन्त्रणका लागि नेपाली दमलकसंगै दमलकका कर्मचारी पनि पुग्ने गरेका छन् । पटक पटक नेपाली दमकलका कर्मचारीले अग्नि नियन्त्रणका लागि गरेको सहयोगप्रति अभार व्यक्त गर्दै रुपैडियास्थित नागरिक समाजका तर्फबाट सम्मान गरिएको हो ।
टिम इन्चार्ज श्रेष्ठसहित चालक प्रेमप्रकाश कोरी र आयासिंह सरदार, फायरमेनहरु रिकबहादुर राना, अशोककुमार कल्वार, गोपीलाल वैश्य, जुवेर अहमद हल्वाई, पुरन चमार, मेराज बागवान र पदमबहादुर तामाङलाई सीमापारी रुपैडियामा दोसल्ला तथा प्रशंसापत्र सहित सम्मान गरिएको हो ।

No comments:
Post a Comment