Tuesday, September 11, 2012

कर्णाली लोकमार्ग बन्यो मृत्युमार्ग

बस दुर्घटनामा २९ को मृत्यु, ११ घाइते
सुर्खेत, २६ भदौ ।
कालिकोटको पाखा—१ सेरावाडास्थित विर्तामोडमा कर्णाली यातायातको एक यात्रुबाहक बस दुर्घटना हुँदा २९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११  जना सक्त घाइते भएका छन् । 
कालिकोटको सदरमुकाम मान्मबाट जुम्लाका लागि सोमबार बेलुकी ८ बजे छुटेको ना ४ ख ६८७७ नम्बरको यात्रुबाहक बस कर्णाली राजमार्गको विर्तामोडमा राति ११ बजे ब्याक गरी मोड्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट ५ सय मिटर तल तिला नदीको तिरमा खसेको थियो । बस दुर्घटनाको खबर पुगेपछि मान्मबाट राति दुई बजे उद्दारका लागि प्रहरी निरीक्षक बरुणवहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

बसमा कति यात्रु थिए भन्ने यकिन नभए पनि मान्मबाट ३७ जनाको चलानी लिएर गएको कर्णाली यातायात समितिका इन्र्चाज हिक्मत खडकाले जानकारी दिए । घाइतेलाई उपचारका लागि मान्म ल्याइएको थियो त्यहाँ सम्भब नभएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत ११ जना घाईतेलाई नेपालगंज लगिएको छ ।
२५ जना पुरुष र ४ जना महिला सहित २९ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।
१. कालिकोट राचुली ८ का बर्ष २३ का गोबिन्द कोइराला
२. कालिकोट मान्म ५, बर्ष ४२ का जगतकुमारी शाही
३. कालिकोट पाखा १, बर्ष ४० का दाण्ािमा मल्ल
४. कालिकोट पाखा ८, बर्ष २२ का जंगबहादुर शाही
५. कालिकोट छाप्रे २, बर्ष ३२ का लालबहादुर भण्डारी (शिक्षक)
६. दैलेख रावतकोट ६, का बर्ष ३५ का लालकौरा थापा
७. बैतडी दशरथ नगरपालिका र्बष २६ का मनोजसिंह कार्की (संग्राम सार्दुल गणमा कार्यरत)
८. जुम्ला महतगाउ ८, बर्ष ३८ का भिमदत्त कुँवर (बस चालक)
९. जुम्ला पाण्डव गुफा ४, बर्ष १८ का मिनबहादुर रोकाया
१०. जुम्ला पाण्डव गुफा १, बर्ष ३३ नरेन्द्र कार्की
११. जुम्ला कालिका खेतु, बर्ष २४ पसलबहादुर शाही (प्रहरी जवान)
१२. जुम्ला कालिका खेतु गाविस ६ का २४ वषर््ािय दलजीत शाही,
१३. जुम्ला कार्तिक स्वामी  १ धनराज नेपाली
१४. जुम्ला चन्द्रनाथ ३, का गोबिन्द उपाध्याय
१५. जुम्ला चन्द्रनाथ २, बर्ष ३ का प्रदिप थैत
१६. जुम्ला चन्द्रनाथ २, बर्ष २० का शोभा थैत
१७. जुम्ला चन्द्रनाथ २, ५ वर्षिया प्रतिमा थैत (शोभाकी छोरी)
१८. जुम्ला चन्द्रनाथ २, बर्ष २५ का कालु महत
१९. जुम्ला चन्द्रनाथ २, बर्ष ३५ का टेक रावत
२०. जुम्ला चन्द्रनाथ २, बर्ष १२ का काले रावत
२१. जुम्ला चन्द्रननाथ २ का कालीवहादुर महतारा
२२. जुम्ला चन्दननाथ २ का १५ वर्षिय वसन्त रावत
२३. जुम्ला चन्दननाथ ३ का ४५ वर्षिय गोविन्द उपाध्याय,
२४. जुम्ला कुडारी गाविस ६ का ३० बर्षिय कमल राजशाही,
२५. जुम्ला नराकोट ५ का २६ वर्षिय विर्खवहादुर वुढा,
२६. जुम्ला नराकोट ५ का २६ वर्षिय लंकबहदाुर वुढा,
२७. जुम्ला नराकोट ५ का ३२ वर्षिय बलवीर वुढा
(सनाखत हुन नसकेका १ जना)
उपचारका लागि नेपालगंज लगिएका घाईतेको नामावली
१. कालिकोट सुकाटीया ४ बर्ष २५ नन्दा भट्टराई
२. कालिकोट सुकाटीया ४ बर्ष ३८ जुनदरा जैसी
३. जुम्ला गुठीचौर बर्ष १९ का बसन्त बुढा
४. जुम्ला कालिकाखेतु बर्ष ४८ का नयाँ शाही
५. जुम्ला चन्द्रनाथ २ बर्ष २४ का भैरव रावत
६. कालिकोट ओदानकू २ बर्ष २७ बिउरा सिहं
७. कालिकोट छाप्रे बर्ष २५ रण बहादुर शाही
८. मुगु काकीवाडाका बर्ष २९ का जयबहादुर भाम
९. जुम्ला चन्द्रनाथका पदमबहादुर शाही
१०. जुम्ला पाण्डवगुफाका बर्ष २४ का टोप बहादुर शाही
११. जुम्ला पाण्डुगुफा ४ बलबहादुर रोकाया
यस अघि पनि ठुलै दुर्घटना भएको थियो । कालिकोटदेखि सुर्खेततिर आँदै गरेको काँक्रेबिहार यातायात व्यवसायी समितिको यात्रुवाहक बस २०६६ चैत्र ५ गते बिहान कर्णाली राजर्मागको दैलेख स्थित किट्टुनजिक दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा पाँच महिने र २ वर्षे वालकहरु समेत थिए । दुर्घटनामा ३१ जनाको मृत्यु भएको थियो भने १० भन्दा बढी यात्रु गंभीर घाईते भएका थिए ।
ना ३ ख ५८६८ नम्बरको बस दुर्घटना भएर कर्णाली नदीमा खसेको थियो । बसले कालिकोटबाट ३३ जना यात्रुको चलानी बुझेर ल्याए पनि बसमा करिब ६० जना सवार रहेको प्रहरीको भनाई थिया

No comments:

Post a Comment