Tuesday, September 11, 2012

घाइतेलाई नेपालगन्ज ल्याइयो

बाँके, २६ भदौ ।
दुर्घटनाका घाइते ११ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट भेरी अञ्चल अस्पताल नेपालगन्ज पठाइएको छ । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जानकारी दिएका छन् ।
घाइतेहरु कालिकोट मान्मा ३ कि ३८ बर्षीया जुनपुरा जैसी, सुकाटिया ४ नन्दा भटराई, जुम्ला कालिका  ७ का नयाँबहादुर शाही, जुम्ला गुठिचौर—७ का बसन्त बुढा, प्युठान गचेरा—८ की ट्युरा सिंह र जुम्ला चन्दननाथ— २ का भैरब रावतलाई फिस्टेल एअरको हेलिकप्टरबाट उपचारका लागि नेपालगन्ज ल्याइएको हो ।

त्यस्तै जुम्ला—२ का पदम थापा, पाण्डवगुफा—१ का टोपबहादुर कार्की, पाण्डवगुफा ४ का बलबहादुर रोका, कालिकोट छाप्रे ५ का रणबहादुर सिंह र मुगु कार्कीवाँडा २ का जयबहादुर भानलाई पनि हेलिकप्टरबाट नेपालगन्ज ल्याइएको छ ।
कालिकोटको सदरमुकाम मान्मादेखि यात्रु बोकेर जुम्ला तर्फ जाँदै गरेको ना ४ ख ६८७७ नम्बरको बस सोमबार राति ११ वजे बिर्तामोडबाट झण्डै ५ मिटर तल खसेर दुर्घटना भएको थियो ।

No comments:

Post a Comment