Tuesday, September 11, 2012

सुर्खेतमा पर्यटन तथा खेलकुद महोत्सव

सुर्खेत, २६ भदौ ।
सुर्खेतमा पर्यटन विकास मञ्च र ग्रिनल्याण्ड फुटवल एकेडेमीको आयोजनामा यहि असोज २६ देखि ३० गतेसम्म राष्ट्रिय पर्यटन तथा खेलकुद महोत्सव आयोजना गर्ने भएको  छ ।
महोत्सवमा पर्यटन, खेलकुद र संस्कृति गरी तीन क्षेत्रलाई प्राथमिकता दिईएको महोत्सव सचिवालय समितीले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पर्यटन तर्पmका कार्यक्रममा सुर्खेतको पुरानो सदरमूकाम गढीमा राष्ट्रिय खेलाडी सम्मिलित पदयात्रा, सरोकारवाला र स्थानीयबीच गढीमा पुरातात्विक महत्वका विषयमा सामुदायिक संवाद कार्यक्रम, गढी पश्चिम राम्रीकाँडा नजिक अस्थायी भ्यू टाउर स्थापना तथा अवलोकन, मेहेलकुनादेखि भेरीपुल समजिघाटसम्म जलयात्रा संचालन गर्ने ¥यापटिङ्गका लागि चारवटा डुगां संञ्चालनमा ल्याउने र छिमेकी जिल्लाहरु बाँके, बर्दिया, दैलेख र जाजरकोटबाट ¥यापटिङ्ग संञ्चालन गर्ने  आयोजकले जानकारी दिएको छ ।
यस्तै मध्यपश्चिमका पर्यटकिय स्थलहरुको फोटो प्रर्दशनी, काँक्रेबिहारको डकुमेन्ट्रि निर्माण, बुलबुलेमा डुगां सञ्चालन, पर्यटकिय क्षेत्रको भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई पर्यटनतर्फका कार्यक्रम रहेका छन् ।
खेलकुद तर्फका कार्यक्रममा खेल भविष्यका बारेमा राष्ट्रिय ख्यातिप्राप्त खेलाडीबाट प्रयोगात्मक कक्षा संचालन गर्ने, महोत्सव अवधिमै खेलकुद सामग्रीको प्रर्दशनी, राष्ट्रिय खेलाडी सम्मेलित फुटबल र क्रिकेट खेल सञ्चालन, म्याराथुन धावक हरि रोक्काको खेल जिवनको वृत्तचित्र प्रदर्शनी र आधुनिक लोक गीत संगीत, नृत्य, हास्य ब्यङ्ग्य लगायतका कार्यक्रमहरु संचालन गरिने आयोजकले जनाएको छ ।
मध्यपश्चिममा पर्यटकीय र खेलकुदका प्रशस्त संभावना भएपनि प्रचार प्रसारको अभावमा पछि परेकाले यसको राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न महोत्सव आयोजना गर्न लागिएको आयोजक समितीका संयोजक चिन्तामणि शर्माले बताएका छन् ।   

No comments:

Post a Comment