Thursday, September 20, 2012

news

तेजपातको व्यवसायिक खेती

सुर्खेत, ४ असोज ।
भौगोलिक हिसावले अति संभावित मानिएको लेखपराजुल गाबिसको चुरेक्षेत्रमा तेजपातको व्यवसायिक खेती गर्न सुरु गरिएको छ । राष्ट्रिय निकुञ्जसंग सिमानामा जोडिएको क्षेत्रमा नगदे बाली र जडीबुटी खेती गर्दा जगंली जनावरले क्षती नपु¥याउने, मलपात धेरै गर्नु नपर्ने र आम्दानीको राम्रो स्रोत भएकाले यसतर्फ कृषकको आर्कषण बढेको हो ।
यस गाविसको मनिरामकाँडा भ¥याङ, अवलपराजुल, लेखपराजुल, देवस्थल, दरखासे, सादने, थर्मुसे लगायतको क्षेत्रमा खाद्यान्न बाली भन्दा जडीबुटी खेतीलाई व्यबसायिक खेतीका रुपमा लगाउँदै आएका छन् ।
हावापानीमैत्री खेती गर्दा तेजपात खेती सबैभन्दा राम्रो भएको, छिटो उत्पादन हुने, पात, बोक्रा बिऊ सबैको बजारभाऊ राम्रो भएकोले किसानहरु आकर्षित हुने गरेको जडीबुटी सघंका सल्लाहकार मोतीराम शर्माले बताए । प्राकृतिक रुपमा हावापानी सुहाउँदो भएकाले आफ्नो सबै खेतवारी एक सय तीन रोपनी जग्गामा ११ हजार पाँच सय विरुवा तेजपात लगाई व्यबसायिक खेतीनै गरेको उनले बताए ।
मसलाको रुपमा स्वदेश तथा बिदेशमा समेत बर्षेनी माग बढ्दै गएकाले यसको खेती राम्रो हुने उनको बिश्वास छ । आफ्नै नर्सरीबाट उत्पादित बिरुवा बिक्रि वितरण गर्दा समेत तेजपातको माग धेरै आएको उनको भनाई छ ।  यसले रोपेको ५ बर्षपछि उत्पादन दिने गर्दछ ।

No comments:

Post a Comment