डि आइ जीको यूवा प्रति चासो
सुर्खेत, ३ पुुस
मध्यपश्चिम क्षेत्रिय प्रमुख (डिआइजी) टपेन्द्र हमालले सुर्खेती यूवा र अन्य विषयमा विशेष चासो देखाएका छन् ।
मंगलबार डिआइजी हमालले आप्mनै कार्यालय क्षेत्रिय प्रहरी कार्यालय सुर्खेतमा बोलाएर जिल्लाका राजनैतिक दलका यूवा नेता, सञ्चारकर्मी र उद्योग बाणिज्य संघका पदाधिकारीहरु संग अन्तरक्रिया गरेका छन् ।
अन्तरक्रियामा उनले जिल्लामा पछिल्लो समयमा यूवाहरु लागुपदार्थ सेवन तथा ओसार पसार, मदिरा सेवन, जुवा तास र यौन जन्य क्रियाकलापका बढि संलग्न हुने गरेको भन्दै यस्ता नकरात्मक क्रियाकलापबाट सकरात्मक कामहरुमा लगाउन विकल्पहरु खोज्नु पर्ने हमालले बताए । सुरक्षाका नाउँमा प्रहरी एकलैले केहि गर्न नसक्ने भन्दै राजनैतिक दल बुद्धि जिवी लगाएतले यसबारेमा सोच्नु पर्ने भनाइ राखे । उनले भने ‘प्रहरी एक्लैले गरेको काम पूर्ण रुपले सफल हुन सक्दैन यदि सबैले यस बिषयमा सोच्ने हो भने ति यूवाहरुलाई देश विकासमा लगाउन सकिन्छ ।’ यूवाहरुले मात्रै देश विकास र परिवर्तन गर्न सक्ने भन्दै जिल्लामा यूवाहरुलाई भुलाउने कुनै गतिविधीहरु नभएकोले पनि यूवाहरु बढि दुव्यसनी तिर लाग्ने गरेको उनले जनाए । जिल्लामा खेलकुद गतिविधीका लागि र यूवाहरुलाई सकरात्मक कार्यमा लगाउनका लागि कर्वड हल निमार्ण गर्नु पर्ने र यसमा प्रहरीको सक्दो सहयोग रहने उनको भनाइ रहेको छ । यूवाका बिषयमा विशेष गरि राजनैतिक दलका नेताहरुले समेत सोचेर यूवालाई सकरात्मक कामतिर आकर्षण गर्नका लागि कुनै त्यस्ता खाले कामहरु अथवा खेलकुद विकास निमार्ण लगाएतका कुरामा लगाउन सके समग्र देशकै विकास हुने उनको भनाइ रहेको छ । यूवाका बारेमा सोच्न आग्रह गर्दै उनले भने ‘अहिले उनीहरुमारहेका जुन नराम्रा सोचहरु छन् ति सोचहरुलाई नै परिवर्तन गर्न आवश्यक छ ।’ प्रहरीको सुरक्षाको मूख्य जिम्मेवारी भएपनि प्रहरी पनि यस देशकै शुभ चिन्तक भएकाले विकास निमार्णमा प्रहरीको कर्तव्य भएको डिआइजी हमाले भनाइ ब्यक्त गरे । उनले बढी जसो यूवाहरु बढी फूर्षतिला भएका कारण दुव्यसनी तथा अन्य नराम्रा गतिबिधिमा लाग्ने भन्दै उनीहरुलाई कुनै न कुनै अल्झिने ठाउँ सृजना गर्न सके यस प्रकारका घटनामा कमि आउने दावि गरे । उनले छिटै यूवाहरुलाई विकासका काममा लगाउने र उनीहरुलाई व्यस्त बनाउने किसीमका गतिविधीहरु सञ्चालन गरेर नमुनाका रुपमा कामगर्न समेत सुझाव दिए ।
यूवाको क्षेत्रमा मात्रै नभएर समग्र सुर्खेतको विकासमा डिआइजी हमालले चासो ब्यक्त गरेका छन् । सुर्खेतमा पर्यटकीय औधोगीक लगाएतका थुपै संभावना भएको भन्दै जिल्लाको समग्र विकासमा सबैको धारणा एक भए जिल्लालाइ नमुना जिल्लाको रुपमा चिनाउन सकिने बताए । उनले पछिल्लो समयमा जिल्लामा काठ तस्करी बढिको प्रति चिन्ता ब्यक्त गर्दै काठ तस्करी र अन्य जुनसुकै अपराधिक तथा गैर कानुनी काम गर्नेलाई निरुसाहित गर्न सूचना वा अन्य रुपमा प्रहरीलाई सहयोग गर्न आग्रह समेत गरे । उनले एक अर्काे प्रसंगमा यस अघि यस क्षेत्रमा गरिएका ५० प्रतिशत काज सरुलाई बदर गरेको जानकारी दिए ।
No comments:
Post a Comment