मध्यपश्चिम विश्वविद्यालयमा ताला बन्दी
सुर्खेत, ३ पुस
मध्यपश्चिम विश्वविद्यालय संग विभिन्न माग राख्दै आएका आन्दोलन रत बिधार्थी संगठनहरुले मंगलबार विश्वविद्यालयमा तालावन्दि गरेका छन् ।
पटक पटकका बार्ताहरुबाट पनि विश्वविद्यालयले आफूहरुका मागहरुलाई गम्भिरता पूर्वक नलिएको भन्दै ताला बन्दि गरिएको अनेरा स्ववियूका प्रेम खड्काले जानकारी दिए ।
सोमबार बसेको बार्तामा शूल्कका बिषयमा सामान्य सहमति भए पनि आफूहरुले राखेका कर्मचारी तथा प्राध्यापक नियूक्ति नियम संवत हुनुपर्ने छात्रबृती लगाएतका बिषयमा विश्वविद्यालयले सहमति गर्न चासो नदेखाएपछि तालाबन्दी गर्न बाध्य भएको खड्को भनाइ रहेको छ । विश्वविद्यालयको प्रशासनीक तथा शैक्षिक काम प्रति सुर्खेत स्थित विभिन्न बिद्यार्थी संगठनहरुले असहमति जनाउँदै ऐन नियमको कार्यान्वयन सहमति तथा सहकार्यका साथ अगाडी बढ्न भन्दै मंसिर १० गते माग पेश गरेका थिए । पटक पटकको बार्ता पश्चिात विश्वविद्यालयका पदाद्यीकारी आफूहरुको मागहरु प्रति गम्भिर नभएकाले बाध्य भएर आन्दोलन अगाडी बढाउनु परेको संयूक्त रुपमा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । अगाडी सारेका मागहरु शुल्क सम्बन्धि, अबैधानीक रुपमा नियूक्ति भएका कर्मचारी खारेजी तथा मनोमानी ढंगले गरेका निणर्यहरु खारेज नगरे सम्म निष्कर्ष विहिन छलफलमा बस्नुको कुनै औचित्य नभएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । यस अघि आन्दोलन गर्दै आएका संगठनहरु मध्य ए.नेकपा माओवादी संवद्ध अखिल क्रान्तिकारी र नेविसंघले भने थप आन्दोलनमा सहयोग गरेका छैनन् ।
तालबन्दीमा समर्थन
सुर्खेत,३ पुस ।
मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीहरुले गरेको तालाबन्दीमा यूवा संघ नेपाल क्षेत्रिय कमिटि र वीरेन्द्रनगर नगर कमिटि सुर्खेतले समर्थन तथा एक्यबद्धता जनाएका छन् ।
मंगलबार एक विज्ञप्ती मार्फत तालाबन्दीमा समर्थन रहेको जनाईको छ । विज्ञप्तीमा मध्यपश्चिम वासीको इच्क्षा, चाहाना र तट्कारो आवश्यक्ता बमोजिम मध्यपश्चिमाञ्चलको क्षेत्रिय सदरमुकाममा स्थापना भएको मध्यपश्चिमाञ्चल विश्वबिद्यालय पनि मूलुकको संविधान रहित र अस्तव्यस्त स्थितिलाई पछउदै विभिन्न राजनैतिक भागवण्डा लगाएतका असान्दर्भीक पक्षहरुलाई पछउदै अगाडी बढिरहेको अवस्था प्रति यूवा संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । मूलुककै पिछडीएको क्षेत्रमा गनीने यस क्षेत्रमा आफ्नो जन्म लिइ बामे सर्दै गरेको मध्यपश्चिम विश्वविद्यालयको प्रसाशनीक तथा शैक्षिक कार्यहरु नियम विपरित भएको भनी विभिन्न बिधार्थी संगठनहरुले सहमति तथा सहकार्यका साथ अगाडी बढ्नका लागि विभिन्न समयमा माग गर्दै आएको भएता पनि विश्वविद्यालयको भविश्य सुनिश्चित गर्ने गरी मध्यपश्चिम बासी जनता द्धारा जिम्मेवारी पाएकाहरुले पनि ऐन नियम मिचि कार्य अगाडी सारेर्नुका साथै भएका विभिन्न निश्कर्ष विहिन छलफलहरु माथि असहमति जनाउदै विद्यार्थी संगठनहरुले गरेको तालाबन्दीप्रति सहमति र ऐक्यबद्धता रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
No comments:
Post a Comment