Tuesday, March 5, 2013


सुर्खेतको विकासमा तत्काल सहयोग गछर्ु : पुन 

युग आङान
सुर्खेत, श्२ फागुन½
अर्थमन्त्री बर्ष्ामान पुनले सुर्खेत जिल्लाको समग्र विकासमा आफू सकरकात्मक रहेको बताउँदै सहयोगको सुरुवात स्वरुप पाँच सात करोड बजेट तत्काल विनियोजन गर्ने बताएका छन्‍ । मंगलबार (हिजो) देखि सुरु भएको दोस्रो मध्यपश्चिमाञ्चल क्ष्ोत्र स्तरीय  लघु, घरेलु, साना उद्योग, क ृष्ाि तथा साँस्क ृतिक पर्यटन महोत्सव २०६९ को उद्‍घाटनमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन्‍ । उनले सुर्खेत आफैमा संभावना बोकेको ठाउँ भएको भन्दै यसको विकास निम्ति आफु सकारात्मक भएको बताए । सुर्खेतको विकासका लागि केहि महत्वपूर्ण्ा आयोजनाहरुका निम्ति तत्काल सहयोग गर्ने बताउँदै काँत्रmेबिहार, जडिबुटी संकलन केन्द्र, बड्‍डीचौर वेनिघाट सडक, रातानाङ्‍ला धरमपोखरा सडक आयोजना, मुरमुरे सिचार्इ आयोजना लगाएतका राजनीतिक दल तथा उद्योगी व्यापारी लगायतले बुभmाएका पाँच  वटा प्रमुख आयोजनाहरुलार्इ मन्त्री पुनले काठ्‍माण्डौँ जानेवित्त्तिकै अध्ययन गरी पहल चाल्ने बताए । 
साथै काँत्रmेबिहारको संरक्ष्ाण्ाका लागि तत्काल ५० लाख  दिने घोष्ाण्ाा गर्दै थप अध्ययन गरी काँत्रmेबिहारको संरक्ष्ाण्ा र पुर्ननिमार्ण्ाकालागि सहयोग गर्ने बताए । साथै स्थापनाको चरण्ामा रहेको जडिबुटि संकलन केन्द्रको निर्माण्ाका लागि नियम संगत खर्च गर्न सक्ने भए गत बर्ष्ा सरकारले विनियोजन गरेको ८४ लाख नै दिने बताए । "यस क्ष्ोत्रको विकास लागि म सकारात्मक छु," उने भने "म पनि यसै क्ष्ोत्रको र यसै क्ष्ोत्रबाट अगाडी गएको भएकाले यस क्ष्ोत्रको विकास गनर्ु मेरो नैतिक जिम्मेवारी समेत हो ।"  देशको आर्थिक विकासका लागि लघु घरेलु तथा साना उद्योगहरुको महत्वपूर्ण्ा भूमिका हुने भन्दै देशको आर्थिक विकास लागि लघु घरेलु तथा साना उद्योगहरुलार्इ समेत संगसंगै विकास गरेर लैजानुपर्ने मन्त्री पुनको भनाइ रहेको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष्ा सुरेश प्रधानले देशको आर्थिक विकासमा लघु घरेलु तथा साना उद्योगहरुल्ो ठुलो योग्ादान पर्‍याएको बताउँदै यिनको प्रबर्द्धनमा राज्यको ध्यान जानुपर्ने बताए । देशलार्इ आर्थिक समुन्तमा पुर्‍याउन लघु घरेलु उद्योगबाट उत्पादित वस्तुहरुको प्रयोग गनर्ुपर्ने उनको भनाइ थियो । उद्‍घाटन कार्यत्रmममा पूर्वमन्त्री यामलाल कंडेल, पूर्व सभासदहरु ह ृदयराम थानी, नरबहादुर बिष्ट तथा जिल्ला स्थित पार्टीका प्रमुख तथा प्रतिनीधीहरुले जिल्लाको विकासका निम्ती सबै दलहरुको सकारात्मक र एकै किसिमको धारण्ाा हुनुपर्नेमा जोड दिएका थिए । मेला आयोजकले अर्थमन्त्री पुनलार्इ १५ बुँदे माग पत्र पेश गरेको छ । माग पत्र बुभm्‍दै मन्त्री पुनले मागहरु सकारात्मक भएको र थप अध्ययन गरी लागु गर्ने बताए । हिजो देखि सुरु भएको महोत्सवमा मध्यपश्चिमका विभिन्न जिल्लाका लघु उद्यमीहरुको सहभागिता रहेको छ । एक सय ५० स्टल राखिएको महोत्सवमा लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पादित बस्तुहरु, क ृष्ाि, मौरीपालन, अचार, गलैँचा, हाते बुनार्इका सामानहरु, स्थानीय समाग्रीबाट निर्मित विभिन्न समाग्रीहरु प्रदर्शनीमा राखिएको छ । २८ गते सम्म चल्ने  महोत्सवमा  राष्टि्रय स्तरका कलाकारहरुको समेत उपस्थीति हुने जनार्इएको छ ।

No comments:

Post a Comment