Wednesday, June 26, 2013

दुइदिने असल शासन गोष्ठी

असल शासन विषयक नगरपालिका स्तरीय गोष्ठी बुधबारदेखि वीरेन्द्रनगरमा शुरु भएको छ । 
नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि, पत्रकार र नगरपालिकाका सचिव तथा अन्य कर्मचारीहरुको सहभागितामा सञ्चालन भएको अशल शासन विषयक गोष्ठी २ दिनसम्म सञ्चालन हुनेछ । 

महिला प्रशिक्षण केन्द्र सुर्खेतका निर्देशक तारामानसिं कुवरको अध्यक्षतामा सञ्चालन गोष्ठी उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख यामलाल ढकालले  स्थानीय निकायलाई गतिप्रदान गर्न अशल शासन गोष्ठी सञ्चालन गरिएको बताए । उनले स्थानीय शासकीय पद्धती सुधार गर्दै स्थानीय निकायबाट कसरी  शुशासन कायम गराउन सकिन्छ त्यसको परिचालनका लागि गोष्ठी सार्थक हुने बताए ।
ढकालले नागरिक केन्द्रित र  आवश्यकताको पहिचानसँग जनशक्तिलाई तालिम दिनसके यसले सुशासनका लागि टेवा पुग्ने बताए । 
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै जिआइजेडका प्रशिक्षक जीवनकुमार गुरुङ्गले प्रशिक्षण केन्द्रको क्षमता विकास र तिनीहरु मार्फत स्थानीय निकाय र सरोकारवालाको क्षमता अभिबृद्धि गर्न तालिम आयोजना गरिएको बताए । स्थानीय निकायको क्षमता अभिबृद्धि गर्न वर्तमान अवस्थामा ५ करोड बराबरको रकम प्रशिक्षण गर्न खर्च गरिने बताउँदै गुरुङ्गले यो पाइलट पोजेक्टर सफल भएमा २०१४ जुन पछि पनि  योजनामा रकम थप भए यो कार्यले  निरन्तरता पाउने उल्लेख गरे । कार्यक्रममा सरोकारवालाहरुले  सकारात्मक रुपमा क्षमता विकासमा भूमिका निर्वाद गरे भने अशल  शासन र सुशासनका निम्ति थप बल पुग्ने गुरुङ्गको दावी  थियो । 
सुर्खेत धनुषा र डोटी गरी ३ ठाउँबाट यो अभियान सञ्चालन गरिएको जानकारी दिँदै प्रशिक्षण केन्द्र सुर्खेतका निर्देशक तारामानसिंह कुँवरले सुर्खेतमा ५ गाविस सचिव, सरोकारवाला निकाय र प्रतिनिधिहरु वडा नागरिक मञ्च लगाएत जिल्ला स्तरीय गोष्ठी कार्यक्रम सम्पन्न गरिएको बताए । उनले शुशासन काम गर्दै नागरिक केन्द्रित कार्यक्रम र विकास निर्माण गर्न राजनीतिक दल, पत्रकार र सरकारी गैर सरकारी संयन्त्रका साथै सरोकारवाला सबैको आवश्यता रहेको बताए । 

No comments:

Post a Comment