Wednesday, June 26, 2013

पुख्र्यौली पेसा संकटमा, कुमाल बैकल्पिक पेसातर्फ लाग्दै

दाङ, १२ असार ।
पुख्र्यौली पेसा संकटमा पर्न थालेपछि दाङ गढवाका कुमालहरु बैकल्पिक पेसातर्फ आकर्षित हुन थालेका छन् । माटाका भाँडा बनाएर जिविका चलाइरहेका कुमालहरु पुख्र्यौली पेसाबाट जीबिका चलाउन गाह्रो भएपछि मजदुरीको भरमा रोजिरोटी चलाउन बाध्य भएका छन् ।
माटाका भाँडाको बजार सुकेपछि नयाँ पुस्ताको आकर्षण घटेकाले पुख्र्यौली पेसा संकटमा परेको कुमालहरु बताउँछन् ।  गढवा–२ कुमालटोलका बलराम कुमाल माटाका भाँडा बनाउन छोडेर मजदुरी गर्न थाले । उनले मिहिनेत पनि उठ्न छोडेपछि पुख्र्यौली पेशा छोडेर मजदुरीले जीवन धान्न बाध्य भएको बताउनुहुन्छ  ।
‘प्लाष्टिकका भाँडाले हाम्रो पेशा संकटमा प¥यो । हाम्रीपछिका सन्तानले त हेर्नै नपाउने भए’– मलिन हुँदै बलरामले भने । उनले मजदुरी गर्न पनि अब गाह्रो हुने अवस्था आएको बताए । 
‘मजुरी गर्छु भन्दा पनि कामै नपाएर खाली बस्नु पर्छ, अब के हुने हो हाम्रो अवस्था अनि के खाने हो  ?’– निक्कै निरासावादी कुरा गरे बलराम कुमालले । उनले मात्र हैन सोही ठाउँमा दुखराम कुमाललाई पनि रोजिरोटीको चिन्ताले सताउन थालेको छ । 
आफ्ना सन्तानले कामै गर्न नमान्दा र आफूले दुःख गरेर बनाएका भाँडा पनि नबिक्दा त झन् उनको मनै कुँडीएरै आउन थालेको छ अचेल । ‘हामी अन्न बालीसंँग साट्नका लागि मात्र भाँडा बनाउछौँं त्यतिले मात्र खान पग्र्दैन’–दुःखरामले दुःख पोखे । माटोका भाँडा बनाउने वस्ती नै पलायन हुने डर भो ।’
गढवामा रहेका करिव छदर्जन कुमालका घरमा कुनै बेला भाँडा बनाउन भ्याई–नभ्याई हुन्थ्यो । सबैको जिविका सजिलै चल्नुको साथै रामै्र आम्दानी लिन समेत सफल भएका थिए । नजिकैको जंगलमा सजिलै पाइने दाउरा हिँजोआज पाइन छोडेपछि गढवाका कुमालवस्तीलाई झनै सास्ती भएको छ । 
‘माटो र दाउराको चिन्ता झन् बढेको छ, बनाउने समान पाइंदैन बनाए बिक्दैन आम्दानीको स्रोत अरु छैन’–बलराम कुमालले भने– ‘अब कसरी बाँच्ने के खाने हाम्रोत हरिविजोगै हुने भो ।”

No comments:

Post a Comment