विकास निर्माण तथा विभिन्न निकायमा गठन गरिने अधिकांश उपभोक्ता समितिहरु मपदण्डको वेवास्ता गरी गठन भएको पाईन्छ ।
कुनै पनि विकास निर्माणका काममा उभोक्ता समिति गठन गर्दा आयोजनाको बारेमा आयोजना स्थलमा आमभेला गराई समिति चयन गर्नु पर्ने प्राब्धान छ । आयोजनाको अनुगमन समिति गठन गर्नुपर्ने, मुख्य पाँच पद भित्रमा एक जना महिलाको अनिवार्य सहभागिता हुनुपर्ने तथा समितिमा दलित तथा लक्षित बर्गको प्रत्यक्ष सहभागिता हुनु पर्दछ ।
तर सुर्खेतमा आयोजनाका उपभोक्ता समितिहरु गठन गर्दा यी नियमहरु प्रभावकारी रुपमा कार्यन्वयन नगरेको पाइएको हो । महिला तथा दलितको प्रतिनिधित्व गराएपनि समितिहरुले अधिकांश महिलाहरुलाई कोषाध्यक्षमा राखि सम्पूर्ण हिसाबकिताव सचिव वा अध्यक्षले नै राख्ने गरेकाछन् । समितिलाई मान्यता दिन र स्वीकृती लिनका लागि मात्रै मापदण्ड पु¥याए पनि काम गर्ने तौर तरिकामा भने टाँठावाठाहरुले मात्रै गर्ने गरेको पाईन्छ ।
आयोजना सम्पन्न भएपछि अनिवार्य रुपमा सार्वजनिक परिक्षण गर्नु पर्ने नियम भएपनि अधिकांशले कार्यन्वय नगरेको पाइन्छ । तिखाकुना झोलुङ्गेपुल आयोजनाको आमभेला नै नगराई उपभोक्ता समिति गठन गरेको बुझिएको छ । एलजीएफको सहयोग र आवाज संस्था सुर्खेतको आयोजनामा मंगलबार भएको सार्बजनीक सुनुवाईमा बाबियाचौर १ तिकुनामा सम्पन्न उक्त आयोजनामा यस्तो पाइएको हो ।
जिल्ला विकास समिति गाविस लगाएतको सहयोग र जनश्रमदानबाट गरी १६ लाख ३३ हजार ४ सय ५९ रुपैयाँको लागतमा निर्माण गरिएको आयोजनाको प्रत्येक किस्ताको काम र खर्च रकम टाँस समेत नगरिएको पाइएको छ । उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर शाहीले भने २०५६ सालमा उपभोक्ता भेला गराएको र सोही समितिमा आफूले थपघट गरी पुनः क्रियाशील बनाएको बताए । उनले समुदायका अन्य मानिसहरु सक्रिय नभएको र निर्माण कार्यका बारेमा समेत चासो ददिएकाले समयमै निर्माण समेत हुन नसकेको बताए । जिल्ला विकास समिति सुर्खेतका इन्जिनियर श्यामदास श्रेष्ठले उचित मापदण्ड र नियम अनुसार गठन नगरिएका र आफ्नो मनोमानी ढंगले चलेका समितिहरुलाई मान्यता नदिने बताए । उनले समितिमा मापदण्ड अनुसार सदस्य चयन गरिएको भए मात्रै आयोजनाको स्वीकृती गरिने जानकारी दिए ।
कार्यक्रममा आवाज संस्था सुर्खेतका कार्यक्रम म्यानेजर कान्ती खड्काले स्थानीय स्तरमा हुने विकास निर्माणका काममा स्थानियवासी र सर्बसाधारणलाई नै सक्रिय बनाउनुपर्ने बताइन् । उनले तोकिएको मापदण्ड अनुसार चल्नु पर्ने बताउँदै मापदण्ड कार्यान्वयन हुन नसकेका कारण आयोजनाको दिगोपना हुन नसकेको बताईन । कार्यक्रम संयोजक कल्पना गिरी, गाविस सचिब नारायण थापा, स्थानीयबासी लगाएतको सहभागिता रहेको थियो । कुल १६ लाख ३३ हजार ४ सय ५९ रुपैयाँमा पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि जिल्ला विकास समिती सुर्खेतले ४ लाख ७४ हजार, गाविसको ४९ हजार ,३२ हजार बराबरको श्रमदान र बिभिन्न निकाएको सामग्री सहयोगमा पुल निर्माण गरिएको बताइएको उपभोक्ता समितिले जनाएको छ । गत आर्थिक बर्ष २०६८÷६९ मा उपभोक्ता समितीले पुलको निर्माण कार्य शुरु गरेको थियो । पुल निर्माण भएपछि गाविसको वडानम्बर १ र २ का नागरीकलाई आवत जावतमा सहज हुने छ ।
No comments:
Post a Comment