सुर्खेत, १४ असार ।
कृषि विकास बैंक लिमिटेड छिन्चुले शुक्रबार असल ग्राहकहरुको सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गंगामाला सहकारी संस्थाको हलमा सम्पन्न अन्तरक्रियामा कृषि विकास बैंका क्षेत्रीय निर्देशक दिलिपसिंह थापाले असल ग्राहकहरुलाई सम्मान गरेका थिए ।
शाखा प्रबन्धक गंगप्रसाद चौलागाईले उपस्थित असल ग्राहकहरुलाई स्वागत गरेका थिए भने शाखा अधिकृत जितबहादुर महतले उत्कृष्ट ग्राहकलाई टिका लगाई सम्मान गरेका थिए । सम्मानित हुने ग्राहकहरु मध्यबाट देवबहादुर राना, उमेशकुमार पौडेल, इन्द्रदेब गिरी, पूर्णप्रसाद शर्मा, छिन्चु उद्योग वाणिज्य संघ इकाइ अध्यक्ष गोरखबहादुर खत्री, भूतपूर्व छिन्चु गाविस अध्यक्ष रत्नबहादुर अधिकारी सहितले आ–आफ्नो भनाई राखेका थिए । सोही अवसरमा एक सय एक जना असल ग्राहकहरुलाई सम्मान गरिएको थियो ।
No comments:
Post a Comment