Friday, June 28, 2013

कानूनि सेवा विषयक तालिम

सुर्खेत, १४ असार ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतको सहयोग तथा नारायण टोल विकास वीरेन्द्रनगर–२ को आयोजनामा दुई दिने तालिम सुरु भएको छ । महिलाहरुका लागि कानूनि सेवा र घरेलु हिंसा विषयक तालिम शुक्रबारदेखि सुरु भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रतिनीधि ज्योति केसीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो । तालिममा आवाज संस्थाका प्रशिक्षक कान्ति खड्का, र निशा पौडेलले गरेका छन्  । तालिममा सहभागि महिलाहरुलाई सशक्तिकरण, सहभागीता, महिला हिंसा न्यूनिकरण र महिला कानूनका विषयमा छलफल सहित सहजिकरण गरिने कार्यक्रम संयोजक भद्रा केसीले जानकारी दिए ।

No comments:

Post a Comment