Friday, June 28, 2013

मदन भण्डारीको ६२ औं जन्मजयन्ती

सुर्खेत, १४ असार ।
नेकपा एमालेका तत्कालिन महासचिव तथा जननेता मदनकुमार भण्डारीको ६२ औं जन्मजयन्तीका सन्दर्भमा एक कार्यक्रम शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।  नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले मदन भण्डारी जन्मजयन्ती मनाएको हो ।

सोही अवसरमा स्वर्गिय नेता भण्डारीको व्यक्ति, योग्दान, उनले प्रतिपादन गरेको जनताको बहुदलिय जनवादका विषयमा चर्चा गरिएको थियो । एमाले जिल्ला कमिटि सुर्खेतको कार्यालय ऋषि स्मृती भवनमा आयोजना गरिएको सभामा राजनितिमा मदनको योगदान र उनले प्रतिपादन गरेको एमालेको विचारधारा जनताको वहुदलिय जनवादबारे चर्चा गरिएको थियो । 
कार्यक्रममा एमाले सुर्खेतका अध्यक्ष नवराज रावतले जसले जति नै तर्क गरेपनि नेपाली राजनितिमा मदन भण्डारीले देखाएकै बाटोमा हि“डेको बताए ।  एमालेका नेता तथा कार्यकर्ताले राजाविना प्रजातन्त्र रहन नसक्ने बताउने गरेको नेपाली का“ग्रेस र बन्दुक विनाको संगठन कम्यूनिष्ट नै होइनन् भन्ने एकीकृत नेकपा माओवादी अन्ततः जनताको वहुदलिय जनवादको बाटोमा आएको बताएका छन् । 
कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरु बालराम शर्मा, बालकृष्ण विसी, नन्दा शर्मा, केन्द्रिय संस्कृति विभाग सचिव प्राध्यापक डाक्टर जिवेन्द्रदेव गिरी, जिल्ला कमिटि उपाध्यक्ष शिवप्रसाद उपाध्याय, सचिव गगनसिंह सुनार, अन्य जिल्ला कमिटि सदस्यहरु, वीरेन्द्रनगर नगर कमिटिका अध्यक्ष पूर्णप्रसाद पौडेल लगायतले भण्डारीको व्यक्तित्व, योगदानको चर्चा गरेका थिए ।
विक्रम संवत २००९ साल असार १४ गते ताप्लेजुङगको ढुंगेसा“घुमा जन्मिएका भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो । कुशल नेता र प्रखर बक्ताको रुपमा परिचित भण्डारीले तत्कालीन समयमा भाÈण्ँ र ब्यक्त गरेका विचारको अझैसम्म चर्चा हुने गरेको छ ।
कम्युनिÈट आन्दोलनलाई प्रजातान्त्रिकण्ँ गरेर अगाडि बढाउन सफल भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नै अहिले नेकपा एमालेको मार्गदर्शक सिद्धान्त बनेको छ ।
तत्कालीन समयमा राजालाई नै चुनौती दिन सक्ने खुबी भएका प्रखर वक्ता भण्डारीले २०४७ साल चैत ५ गते काठमाडौको चाबहिलमा आयोजित सभामा गरेको बहुचर्चित सम्बोधनको अंश ः
अहिले कम्युनिष्ट भयो भन्दैमा का“ग्रेसीहरुले आङ्खना नातेदारलाई समेत बोलाउन छोडेको छ । गाउ“गाउ“मा मान्छे मरे भने का“ग्रेसीहरु कम्युनिष्ट मरे भन्दै मलामी जान छोडेको छ । एउटा कुरा के हो भने झिनो बहुमतले बनेको का“ग्रेसको सरकार चिरज्जिवी छ भन्ने कुराको भ्रम अव उनीहरुले पाल्न छोडे हुन्छ ।
चाहे त्यो एकता केन्द्रको होस् या मसालको होस्, जसले यो देशमा का“ग्रेसको एकाधिकारको विरोध गर्छ, जसले जनताको पÔमा आवाज उठाउ“छ, तिनीहरुप्रति हाम्रो नैतिक समर्थन हुन्छ । नेपालको का“ग्रेसको सरकार मात्रै होइन अन्तर्राष्ट्रिय रुपमै का“ग्रेसलाई निर्देशन दिने बाबुसाहेबलाई पनि तह लगाउन नेकपा एमाले तयार छ । 
नेपाली का“ग्रेसको नीति राष्ट्रघाती छ र जनविरोधी छ । नेपाली का“ग्रेसले यो देशको भुभाग विदेशहरुलाई बेचिरहेको छ । नेपाली का“ग्रेसले पञ्चायतको छोरा जस्तो भएर काम गरिरहेको छ । पञ्चायतले ३० वर्Èमा भन्दा धेरै दमन का“ग्रेसले १० महिनामा गरेको छ ।
अहिले का“ग्रेसको सरकारले २५ हजार तिरेर मान्छे मारिरहेको छ । यदि २५ हजार तिरेर मान्छे मार्न पाइन्छ भने नेकपा एमाले पनि २५ हजार जम्मा गर्न हिच्किचाउने छैन । यदि त्यसो होइन भने मृतकको परिवारलाई सरकारले तत्काल १ लाख रुपैया“ दिनुपर्छ ।
यदि सरकारले जनपÔीय काम गर्दैन भने गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीको कुर्सीमुनि रा“को झोस्ने काम हामी गरिरहन्छौं । राष्ट्रियता वा प्रजातन्त्रको मसिहा भनेको त जनता हुन् । राष्ट्रियता वा प्रजातन्त्रको भगवान भनेको त जनता हुन् । अव त्यो सार्वभौमसत्ता जनताको हातमा आइसक्यो । चाहे यहा“का ठुला महाराज हुन्, चाहे साना महाराज हुन्, सबैले जनताको सार्वभौमिकतालाई मान्नुपर्छ ।

No comments:

Post a Comment