Friday, June 28, 2013

पसलमा लुटपाट

सुर्खेत, १४ असार ।
ज्ञात समूहले सुर्खेत वीरेन्द्रनगर जुम्लारोडको एक पसलमा तोडफोडसहित सामान र नगद लुटपाट गरेका छन् । विहान करिव दुई बजेतिर जुम्लारोड सुर्खेतमा रहेको रावत जनरल स्टोरका नामले चिनिने निशा इन्टरप्राईजेजमा लुटपाट भएको हो ।
पसलका सामग्रीमा तोडफोटसहित तीन लाख ५४ हजार सात सय १० रुपैया“ नगद र करिव चार लाख रुपैया“ बराबरको मदिरा चोरी भएको पसल सञ्चालक मानकुमारी रावतले जानकारी दिए ।

No comments:

Post a Comment