Friday, June 28, 2013

बाघको छाला सहित तीन पक्राउ

सुर्खेत, १४ असार ।
बाघको छाला सहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगर–६ शनिहल लाईन स्थित लेखपराजुल सृजना होटलबाट प्रहरीले पक्राउ गरेको हो ।
सेन्ट्रल व्यूरो (सिआइबी) ले दिएको जानकारी अनुसार प्रहरीले उनीहरुलाई होलटबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई पक्रिन व्यापारीको रुपमा प्रहरीलाई नै परिचालन गरेपछि पक्राउ गर्न सफल भएको थियो ।
यसरी छाला सहित पक्राउ पर्नेहरुमा तातापानी–९ निवासी प्रेम देवकोटा, बावियाचौर घर भई हाल साटाखानी–२ निवासी युवराज गौतम र विजौरा–२ का ओम शर्मँ रहेका छन् ।
सिर्आइबिको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बाघको छाला ओसार पसार कार्यमा संलग्न तीन जनालाई बाघको छाला लुकाई राखेको झोला, मोटरसाईकल सहित  गरेको थियो ।
छाला सहित पक्राउ परेका व्यक्तिहरुबाट भे २ प ४८२९ नम्बरको १८० सिसीको कालो पल्सर मोटरसाईकल समेत बरामद गरिएको छ । सिआईबिले दिएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गर्न बाघको छाला खरिद गर्ने व्यापारीका रुपमा सादा पोशाकका प्रहरी परिचालन गरिएको प्रहरी उपरिक्षक विश्वनिरञ्जन प्रधानले जानकारी दिए । 
प्रहरीलाई छाला खरिद गर्ने स्थान तय गर्ननै तीन घण्टा लागेको प्रधानले बताए । उनले बल्ल तल्ल लेनदेनका लागि लेखपराजुल सृजना होटलमा आउने पक्का पक्की सल्लाह भएपछि प्रहरीले होटल भित्रैबाट दिउ“सो ४ बजे तीन जनालाई बाघको छाला सहित रंगेहात पक्राउ गरेको जानकारी दिए ।
पक्राउ परेका प्रेम देवकोटाले आफुहरुलाई बाघको छाला विक्रि गर्न तातापानीका एक व्यक्तिले दिएको बताए । उनले बाघको छाला विक्रिबाट आफुलाई २५ हजार थप रकम दिने गरी मुल्य तय भएको जानकारी दि“दै किनबेच हुन नपाउ“दै प्रहरीले आफुहरुलाई पक्राउ गरेको बताए ।
पक्राउ परेको बाघको छाला हेर्दा उक्त बाघ सुर्खेत जिल्लाकै भएको जिल्ला वन अधिकृत सम्भुप्रसाद चौरासीयाले दावि गरे । चौरासीयाले बाघको छाला हेर्दा चितुवा जस्तो पनि छैन्, बाघ जस्तो पनि छैन त्यसैले यो क्षेत्र तातापानी, गुठु, वा तरंगा गाविसमा पाईने जस्तो बाघ भएकोले यो पाटे बाघ नभएको बताए । 
उनले यो चितुवा वा बाघ कै छाला भएको बताए । बरामद गरिएको बाघको छाला पुच्छरदेखि टाउको सम्म सात फिट लम्बाई र तीन फिट चौडाई रहेको  छ । यस्तो बाघको छाला सहित पक्राउ हुने व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ अनुसार कार्वाहि हुने जानकारी दिए । उक्त कानूनि प्राव्धान अनुसार ५० हजारदेखि १ लाख सम्म जरिवाना वा पा“च बर्षदेखि १५ बर्ष सम्म कैद वा दुवै सजाय हुने व्यवस्था ऐनले गरेको वन अधिकृतले जानकारी दिए । 

No comments:

Post a Comment