सुर्खेत, १० असार ।
शैक्षिक सत्र २०६९ को एसएलसी परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ । नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय गाग्रेताल विद्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
विद्यालयका प्राचार्य नेत्रमणी चालिसेले विद्यार्थी, अभिभावक र शिक्षकको मेहनतबाट विगत देखिनै एसएलसीको नतिजा राम्रो भएको बताए । विद्यालयको शैक्षिक क्रियाकलापमा सक्रियतापूर्वक सहभागिता जनाउने अभिभावक प्रति धन्यवाद व्यक्त गर्दै प्राचार्य चालिसेले विद्यार्थीको उच्च शिक्षा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सोही अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कोइरालाले विद्यालयको सफलताका लागि शिक्षक, अभिभावक र विद्यार्थीका वीचमा समन्वय, शैक्षिक गतिविधिमा सक्रियता आवश्यक हुने बताए ।
जिल्लाका धेरै विद्यालयहरु शुन्य भएको अवस्थामा आफ्नो विद्यालयले जिल्लामा छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै उनले समुदायको सक्रियता आवश्यक हुने बताए । सम्मान तथा बधाई आदान प्रदान कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकहरुको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment